• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

सल्यानको लेखपोखरामा आगलागी हुँदा ३ घरगोठ जलेर नष्ट


जेठ ३२, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा न ५ लेखपोखराको जंगलमा लागेको आगो बस्तीमा आउदा तीन घरगोठ जलेर नष्ट भएका छन् ।

शनिवार दिउँँसोबाट सिद्धपोखरी सामुदायिक वनमा लागेको आगो मानव बस्तीमा आउदा तीन घरगोठ जलेको वडा अध्यक्ष लिलाधर घर्तीले बताए । उनका अनुसार धुमधुमेमा १, जन्तीगाउँमा १ र ढुंगा कोटेमा १ घरगोठ जलेको छन् ।

हावाहुरी चलेका कारण आगो नियन्त्रण बाहिर रहेको उनको भनाई छ । सिद्धपोखरी सामुदायिक वनमा लागेको आगो अहिले स्वर्गद्धारी सामुदायिक वनमा समेत फैलिएको उनको भनाई छ ।

नेपाली सेना, शसस्त्र प्रहरी, वनका उपभोक्ता, स्थानीयबाट वनमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भई रहेको छ ।

आगलागि कै कारण यो वर्ष मात्रै सल्यानमा ३ जनाको ज्यान गई सकेको छ भने दर्जनौ घरगोठ जलेर नस्ट भएका छन् । जसले गर्दा लाखौंको खेती भएको छ । लामो खडेरीका कारण जिल्लाका अधिकांस सामुदायिक वनमा यो वर्ष आगलागी भएको छ ।

फाइल फोटो

प्रकाशित मिति : २०७६ जेष्ठ ३२ गते शनिवार