• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

दाङको कालाकाटेमा ४ सय जनाको निशुल्क स्वास्थ्य चेकजाँच


ओमप्रकाश गुप्ता / जेठ ३२, भालुवाङ । दाङको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले दुर्गम बस्तीहरुमा स्वास्थ्य शिविर चलाउन आयोजकलाई सुझाव दिएका छन् । राप्ती सेवा पोलिक्लनीक राप्ती गाउँपालिका १ भालुवाङको आयोजना एवम् गढवा गाउँपालिका १ नम्बर वडा कार्यालयको सहयोगमा शनिवार जनता मावि कालाकाटेमा आयोजित एक दिने निशुल्क स्वास्थ्य शिविरमा सो सुझाव दिएका हुन् ।

प्रमुख अतिथि समेत रहेका अध्यक्ष यादवले यस्ता शिविरले गरिव दुखीहरुलाई राहत मिलेको बताए । कार्यक्रममा डा. शान्त रोकाले कुनै पनि विरामी सिटामोल र जिवनजल नपाएर अकालमै ज्यान गुमाउन नपरोस भन्नका लागि शिविर सञ्चालन गरेको बताए । पोलिक्लनीककी सञ्चालक सरिता खड्काको अध्यक्षता एवम् गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएको हो ।

शिविरमा विभिन्न रोगको चेकजाँच, ब्लडसुगर, ब्लडप्रेसर, पिसाव, रगत परिक्षण, निशुल्क औषधी वितरण र तौल चेकजाँच लगायतका सेवाहरु प्रदान गरिएको थियो ।

शिविरमा ४ सय जनाले सेवा लिएका थिए । जसमा २ सय ५० सुगर र १५० जनाको पिसाव जाँच गरिएको थियो । शिविरमा डा. शान्त रोका, डा. कोपिला तामाङ, ल्याप टेक्निसियन सरिता खड्का, एच.ए. सागर खासुमगर, फार्मेसीय किरण वली, ल्याव असिस्टेन बबिता भट्टराई, लगायतले स्वास्थ्य चेकजाँच तथा परिक्षण गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३२ गते शनिवार