• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

दाङको देउखुरीमा अत्यधिक गर्मी, जनजिवन प्रभावित


ओमप्रकाश गुप्ता / असार १, दाङ । दाङको देउखुरीमा अत्यधिक गर्मी बढे पछि जनजिवन प्रभावित बनेको छ । शहर बजारमा पनि कम मात्रमा मानिसहरु देखिन थालेका छन् ।

बर्षाको समयमा पानी नपरेपछी आकाशे पानीको भरमा खेतीपाती गर्दै आइरहेका देउखुरीका कृषकहरु मारमा परेका छन् । बढदो जलवायु परीबर्तनले मनषुनलाई हरेक साल पछाडी धकेली दिँदा सबैभन्दा ठुलो मार कृषकहरुले खेप्नुपरेको लमही ३ जखेरा तालका कृषक देवीप्रसाद चौधरीको भनाई छ ।

गएको वर्षमा यती बेला धान बाली लगाउने हतारोमा खेतबारीमा भेटिने यहाँका किसानहरु अहिले आकाशतर्फ टोलाएर पानीको प्रतीक्षा गरिरहेका छन् ।  उसो त गत वर्ष यतीबेला खेतमा धान रोप्न कस्सीएका कृषक ओमबहादुर कुमालले यस वर्ष धानको बीउ सम्म राख्न सकेका छैनन् ।

सामान्यतया अन्य बर्षमा यतीखेर बारीमा लगाएको मकै खनेर सकीने समय हो । यद्यपी अहिले देउखुरीका अधिकांश खेतबारी त्यतीकै बाँझो बसीरहेका छन् ।

विशेष त मानो छरेर मुरी उब्जाउने र वर्षभरीको गर्जो टार्ने कृषकहरु मनसुनको नहुँदा मर्कामा परेका छन् । यस्तै  लामो समय सम्मको खडेरीले गर्दा पिउने पानीका मुहानहरु समेत सुकिरहेका छन् ।

यती बेला मुलुकको अधीकांश भाग सहीत दाङ देउखुरीमा तातो हावा लाग्ने क्रम दैनिक बढीरहेको छ । चर्कदो गर्मी र एक साता अघीदेखी चलेको तातोहावाका कारण देउखुरी विभीन्न अस्पताल बिरामीहरु बढेको अस्पताल स्रोतले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ असार १ गते आइतवार