• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

प्रधानमन्त्री रोजगार कार्यक्रम : सल्यानको कुमाखमा कुलो सफा गर्दै !


असार १, सल्यान । सल्यानको कुमाख गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरु भएको छ । २० दिनसम्म संचालन हुने कार्यक्रममा ३५ लाख बजेट केन्द्रबाट छुट्याइएको छ ।

शनिबारदेखि सुरु भएको रोजगार कार्यक्रममा ७ वटा वडाका १ सय ८९ जनाले  रोजगारी पाएका छन् । जसमा गाउँपालिकाबाट ४ हजार ३ सय २९ जनाले बेरोजगार फाराम भरेको थिए ।

प्रत्यक वडाबाट २७ जना छनोट गरिएको रोजगार कार्यक्रममा ७ वटा योजना रहेका छन् । जसमा खानेपानी, सिचाँइ, सडक र विद्यालयको फिल्ड निर्माण छन् । यी मध्येका योजनालाई ट्क्याइएर ७ वटा योजना बनाइएको रोजगार संयोजक वसन्त पुनले लेकाली अनलाइनलाई बताए ।

उनका अनुसार वडा नम्बर १ मा मोटरबाटो निर्माण, २ मा विद्यालयको फिल्ड निर्माण, ३ मा खानेपानीको ट्याङ्की निर्माण, ४, ५, ६ मा सिचाँइ कुलो मर्मत र ७ नम्बर वडामा खानेपानी तथा मोटरबाटो निर्माणको योजना छनोट गरिएको छ । यी योजना पहिले नै संचालनमा र निर्माणधिनमा रहेका तर केहि मात्रामा स्तरउन्नती तथा मर्मत गर्नुपर्ने भएको उनले बताए ।

सिँचाईमा काम गर्नेले कुलो सफा, सडकमा काम गर्नेलाई सडकमा भएका ढुंगामाटो फल्ने र नाली बनाउने, खानेपानीमा काम गर्नेलाई निर्माणधिन ट्याङ्कीको थप स्तरवृद्धि र विद्यालयको फिल्ड खन्ने तथा डुंगामाटो फाल्ने काम गर्न थालिएको बताइएको छ । रोजगारी पाएकाहरुले श्रम गरे बापत दैनिक ५ सय ७५ रुपैयाँ तलब पाउनेछन् ।

यो पनि पढ्नुहोस् : प्रधानमन्त्री रोजगारकाे बजेटले सल्यानकाे दार्मामा बृक्षारोपण लगाएतकाे काम गरिदै

 

 

प्रकाशित मिति : २०७६ असार १ गते आइतवार