• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

दाङमा स्कुटरको ठक्करबाट एक जनाको ज्यान गयो


पूर्ण के.सी. / असार १, दाङ । दाङको तुलसीपुरमा स्कुटरको ठक्कर बाट एकजनाको ज्यान गएको छ । स्कुटरले बृद्धलाई ठक्कर दिएको प्रारम्भिक खबर प्राप्त भएको छ ।

मृतकको पहिचान भने भएको छैन् । अन्दाजी ७० बर्षको जस्तो देखिने ती व्यक्ति मधेसी मुलुकको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटना आज बिहान भएको हो ।

तुलसीपुर–सल्यान सडक खण्डमा रा २ प १०६७ नम्वरको स्कुटरको ठक्कर बाट घाइते व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेना निवासी २२ बर्षीय समिर चौधरीले चलाएको स्कूटरले उनलाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।

गम्भीर घाइते उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७६ असार १ गते आइतवार