• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

कर्णाली प्रदेशले ल्यायो ३४ अर्ब ३५ करोडको बजेट (पूर्ण पाठसहित)


असार १, सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा वैठकमा प्रदेशको बजेट पेश गरेका छन् । उनले कर्णाली प्रदेशको लागि ३४ अर्ब ३५ करोडको बजेट सार्वजनिक गरेका छन् ।

सार्वजनिक बजेटमा चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ । बजेटको स्रोत मध्ये आन्तरिक राजश्व २५ करोड १० लाख ४१ हजार उठाउने लक्ष्य छ भने चालु बजेटमा खर्च नभएको ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार छ ।

यस्तै संघीय सरकारबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ४४ करोड ४३ लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटबाट आउने २ करोड ७४ लाख र सशर्त अनुदानबाट ५ अर्ब २७ करोड २७ लाख छ । समपुरक र विषेश अनुदानबाट १ अर्ब ८१ करोड २२ लाख अनुदान प्राप्त हुनेछ भने नपुथ ७५ करोड आन्तरिक ऋणबाट जुटाइनेछ ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा सडक, खानेपानी र सिँचाईलाई प्राथमिकता दिइएको छ । प्रदेश सरकारले सार्वजनिक बजेटमा सडक सुविधा नभएका हुम्ला र डोल्पाका जेष्ठ तथा पूर्ण अपाङ्गगता भएका व्यक्तिका लागि हवाई टिकटकमा सहुलियत दिन १ करोड ५० लाख छुट्याएको छ ।

यस्तो छ बजेटको पूर्णपाठ

प्रकाशित मिति : २०७६ असार १ गते आइतवार