• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङमा अपांगता भएका व्यक्तिहरुका लागि चुरापोते बनाउने तालिम सम्पन्न


पुर्ण केसी / असार १, दाङ । राप्ती बहिरा संघ दाङको आयोजना तथा व्यवस्थापनमा तुलसिपुर उपमहानगरपालिकाका १९ वटै वडाहरुमा गठन भएका वडास्तरिय अपांगता समन्वय समितिमा रहेका अपांगता भएका व्यक्तिहरुको आर्थिक सशक्तीकरण गर्ने मुख्य उद्देश्य अनुरुप सञ्चालन भएको  अपांगता भएका व्यक्तिहरुका लागि ३ दिने चुरापोते बनाउने तालिम सम्पन्न भएको छ ।

राप्ती बहिरा संघ दाङका अध्यक्ष अजयकुमार शर्माको शभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै शर्माले अपांगता भएका व्यक्तिहरुको सशक्तीकरणको महत्त्वपूर्ण अंगका रुपमा रहेको आर्थीक सशक्तीकरणलाई पहिलो प्राथमिकता दिने हो भने अपांगता भएका व्यक्तिहरुको क्षमता विकास र जीविकोपार्जनका लागि महत्त्वपूर्ण हुने भएकोले अब हुने हरेक कार्यक्रमहरुमा यस्ता खाले सिपविकास तथा स्वरोजगारमुखी कार्यक्रमहरुमा जोड दिनुपर्ने कुरामा जोड दिए ।

राप्ती बहिरा संघ दाङका निर्देशक प्रतिमा शर्माको स्वागत मन्तव्य तथा विषय प्रवेशबाट सुरु भएको तालिमको समापन सत्रमा प्रशिक्षक देवा राणा, सहभागीहरु तुलसिपुर नगरस्तरिय अपांगता सञ्जालका सदस्य डम्बरलाल आचार्य, लक्षमी कार्की , सुस्मिता लामिछाने लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमको सहजिकरण राप्ती बहिरा संघ दाङका कार्यक्रम संयोजक देवा डाँगीले गरेकी थिइन् । तालिममा ४० जनाको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७६ असार १ गते आइतवार