• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

नेपाल बैंक तुलसीपुर शाखाको औपचारिक उद्घाटन


पूर्ण के.सी. असार २, दाङ । नेपाल बैंक लिमिटेडको शाखा दाङको तुलसीपुरमा केही समय अगाडि खुलेको थियो । जसको औपचारिक उद्घाटन असार १ गते आईतवार गरिएको छ । शाखाको तुलसीपुर उपमहानगरपालीकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेका हुन् ।

नेपाल बैंक लिमिटेड तुलसीपुरका शाखा प्रबन्धक विश्वराज अधिकारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यता एवं बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाण्डेले नगरमा एक नागरिक एक बैंक खाताका कार्यक्रम ग्रामिणस्तरमा लैजानुपर्ने कुरामा जोड दिएका छन् ।

सो अवसरमा बोल्ने बक्ताले नेपाल बैंकले सबै नागरिककलाई बैंकिङ कारोबार गर्नुपर्छ भन्ने धारणाको बिकास गर्न विभिन्न सचेतताका कार्यक्रम गर्नुपर्ने औंल्याएका थिए ।

प्रकाशित मिति : २०७६ असार २ गते सोमवार