• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

कर्णाली प्रदेशले सल्यानका ४ वटा सडकलाई बजेट विनियोजन गर्याे


असार २, सल्यान । कर्णाली प्रदेश सरकारले सल्यानमा पर्ने ४ वटा सडकखण्डलाई बजेट विनियोजन गरेको छ । आइतबार आर्थिक बर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानमा पर्ने ४ वटा सडकखण्डलाई बजेट छुट्याएको जानकारी दिए ।

एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तरगत प्रदेश महत्वका सडक मध्ये सल्यानमा २ वटा सडक परेका छन् भने प्रदेश राजधानी सँग जोड्ने एउटा सडक परेको छ । कर्णाली प्रदेशमा आर्थिक बर्ष २०७५/०७६ मा स्वीकृती भएका २४ वटा महत्वपूर्ण नामाकरणका सडकमध्ये सल्यानमा दुई वटा परेका हुन् ।

जसअन्तरगत सल्यानमा त्रिवेणी लुहाम–काभ्रा–कालिमाटी र ढोरचौर–मैदुपोखरी– सल्लीबजार सडक खण्ड रहेको छ । यी सडकलाई अब बहुबर्षीय सडकको रुपमा अघि बढाइने उनले बताए । प्रदेशभरीका २४ वटा सडकको लागी आर्थिक बर्ष २०७६/०७७ मा १ अर्ब २९ करोड बजेट छुट्याइएको छ ।

त्यस्तै प्रदेश राजधानी सँग जोड्ने बालुवासंग्रही–कुपिण्डे–खलंगा सडकलाई पनि स्थरउन्नती र निर्माण कार्यलाई प्राथामिकता दिइएको छ । सल्यान सँगै प्रदेश राजधानी जोड्ने सल्ली–चौरजहारी– मुसिकोट रुकुम सडकलाई राखिएको छ । यी दुईवटा जिल्लाको सडकको लागी ८ करोड बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी सल्यानको देखि थारमारेदेखि जुम्लासम्म जोड्ने सडकलाई पनि प्राथामिकता दिइएको छ । कर्णाली प्रदेशलाई अन्य प्रदेशसँग जोड्नको लागी यो सडक खण्ड सँगै अन्य ७ वटा सडकखण्ड अघि सारिएको छ ।

थारमारे–जुम्ला सडक सँगै अन्य ७ वटा सडकको प्रदेश सरकारले १० करोड बजेट छुट्याएको छ । थारमारेबाट जुम्लासम्म सडक खोलेपछि प्रदेश ५ को रोल्पालाई जोड्न सकिन्छ ।

 

प्रकाशित मिति : २०७६ असार २ गते सोमवार