• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

फोहरमैलाले राप्ती गाउँपालिकाका बजार क्षेत्र दुर्घन्धित बन्दै


ओमप्रकाश गुप्ता /असार २, भालुबाङ । दाङको राप्ती गाउँपालिका क्षेत्र भित्रका बजारहरूमा फोहरमैलाले बजार क्षेत्रहरू दुर्घन्धित बन्दै गएका छन् ।

फोहर व्यवस्थापनका लागि डम्पिङसाइड नहुँदा यहाँका बजार क्षेत्रका फोहरहरू व्यापारीहरूले सडक छेउ, राप्ती नदी, दोलाई खोला तथा वन जंगलमा फाल्ने गरेका छन् । फोहरका कारण भालुवाङ, लालमटिया, मौरीघाट, पिपरी, सिसहनियाँ र चौबाटो बजार पत्थरगढवा दिनानुदिन दुर्घन्धित बन्दै गएको छ ।

यसैबिच फोहरमैला व्यवस्थापन गर्न राप्ती उद्योग वाणिज्य संघ भालुवाङले राप्ती गाउँपालिका सँग आग्रह गरेको छ । संघका अध्यक्ष जगतप्रसाद पोख्रेलले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई ज्ञापनपत्र बुझाउदै यस्तो आग्रह गरेका हुन् । पटक पटक संघले गाउँपालिकालाई ध्यानाकर्षण गराउदा पनि स्थानीय निकायको ध्यान नगएका कारण पनि बाध्य भएर ज्ञापनपत्र बुझाउनु परेको संघका अध्यक्ष पोख्रेलले बताए ।

यसैबिच अध्यक्ष पोख्रेलले व्यवसायी करमा एकरूपता नभएकाले एकरूपता कायम गरिनु पर्ने ,विधुत भोल्टेज बढाउन पहल गर्नु पर्ने, गाउँपालिका भित्र शान्ति सुरक्षा कायम हुनु पर्ने लगायतका माग राखेका थिए । उद्योग वाणिज्य संघले बुझाएको ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष सुवेदीले जायज मागलाई आफुले ८ –१० दिनमा सर्वदलिय सर्वपक्षिय भेला बोलाई वृहत छलफल गरी पहल गर्ने बताएका छन् ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्की, महासचिव सुरज खड्का,सचिव टोपबहादुर झार्की, सिसहनियाँ उद्योग वाणिज्य संघ,लालमटिया, मौरीघाट बजार व्यवस्थापन समितिका पदाधिकारी, टोल विकास समितिका पदाधिकारी, वन समुहका पदाधिकारी र राजनितिकदल, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ असार २ गते सोमवार