• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

बझाङमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु, ६ घाइते, उद्धारमा कठिनाइ


असार २, बझाङ । बझाङ सदरमुकाम नजिकै मष्टागाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिए ।

दुर्घटना सोही गाउँपालिकाको वडा नम्बर १ डौठीमा भएको प्रहरी नायव उपरीक्ष केसीले बताए । दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनामा परी मृत्यु भएको सनाखत हुन सकेको छैन ।

घटनास्थलबाट तीन जनाको उद्वार गरेको प्रहरीले जनाएको छ । घाइतेलाइ उपचारका लागि अस्पताल लैजान हेलिकाेप्टर मगाउने प्रयास भइरहेकाे केसीले बताए ।

जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक केसीसहितको टोली र स्थानीय बासिन्दा खटिएका छन् ।
फाइल फोटो

प्रकाशित मिति : २०७६ असार २ गते सोमवार