• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी, कार्यालय पुर्ण रुपमा क्षति


असार ३, सल्यान । सल्यानमा अज्ञात समुहले वडा कार्यालयमा अागजनी गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ३ को कार्यालयमा अाज बिहान (राति) २ बजे आगजनी भएको हो ।

झिम्पेको मुलखोलामा रहेको २ कोठे कार्यालयमा भएको अागलागीबाट प्रशासकीय र प्राविधिक सामान जलेको वडा अध्यक्ष राज बहादुर बुढाथोकीले बताए ।क्षति पुग्नेमा कागजपत्र, ल्यापटप, कम्पुटर, फोटोकपि मेसिन, सोलार प्यानल, कुर्सि, कार्पेट लगाएत रहेका छन् ।

 

आगलागी भएको थाहा पाएपछि स्थानिय बासिहरुले राती आगो निभाएका थिए । “राती साढे २ बजे मलाई वडा कार्यालयका सहयोगीले कार्यालयमा अगोलागेको छ भनेर फोन गरेपछि म गएर हेर्दा आगोले प्रशासन रहेको कोठा ध्वस्त भैसकेको थियोे ” स्थानिय ज्ञान बहादुर खड्काले भने ।

घटना स्थलमा अहिले प्रहरी पुगेर अनुसन्धान भैरहेको
इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक नर बहादुर खड्काले बताए ।

प्रकाशित मिति : २०७६ असार ३ गते मङ्गलवार