• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

गाउँपालिका उपाध्यक्ष सहित १० जना सवार जिप कर्णालीमा खस्यो, सबै बेपत्ता


असार ३, हुम्ला । कर्णाली नदीमा जीप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्ष सहित १० जना बेपत्ता भएका छन् । सडकबाट २०० मिटर तल खसेर जीप कर्णालीमा बेपत्ता भएको हो।

घटनास्थलमा रहेका खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीका अनुसार दुर्घटनामा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमाल, उनका भाई चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुकु भण्डारी नामले चिनने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह र गोकुल सुनार रहेको उनले पुष्टि गरे।

यसैगरी खार्पुनाथ गाउँपालिका १ कि कौर कामी र उनका २ वर्षका छोरा समेत दुर्घटनामा बेपत्ता भएका छन्। दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्री समेत परेका छन्। उनको नाम खुलेको छैन।

लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिका ५ को बेडबिसौना र कैलेवालुको खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। जिल्लाको सदरमुकाम सिमकोटमा भएका सिम्रिक एयर र समिट एयरका दुई/दुई गरेर चार हेलिकप्टरद्वारा जीप र यात्रुहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा जीप र यात्रुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७६ असार ३ गते मङ्गलवार