• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

तुलसीपुर ११ को हाजिरजवाफमा शान्ति आधारभुत विद्यालय प्रथम


पूर्ण केसी / असार ३, दाङ । तुलसीपुर उपमहानगरपालिका ११ नम्वर वडाका अन्तर विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगितामा शान्ति आधारभुत विद्यालय नवलपुर प्रथम भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ वडा कार्यालयको आयोजनामा आयोजित अन्तर विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगितामा शान्ति आधारभुत विद्यालय नवलपुरले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

कक्षा १ देखि ६ सम्मका वडाका ६ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा दंगिशरण विद्या कुञ्ज वेलगनार द्धितिय, आधारभुत विद्यालय कटाहां र गोल्डेन स्टार वोर्डिङ स्कुल वेल्टाकुरा तृतिय तथा चन्द्रोदय विद्या कुञ्ज जसपुर र अमर मावि उरहरीले सान्त्वना स्थान प्राप्त गरेका हुन् । प्रतियोगिताका प्रथम, द्धितिय, तृतिय तथा सन्त्वना हुने विद्यालय तथा प्रतियोगि छात्रछात्राहरुलाई नगद पुरष्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको सहजिकरण वडा सचिव भुवनेश्वर अधिकारी र वडाकी कर्मचारी लक्ष्मी चौधरीले गरेकी थिइन् भने मार्कीङ वडाकी कर्मचारी लोकमायां वस्नेतले र समय हेर्ने जिम्मेवारी शरद गौतमले निर्वाह गरेका थिए ।

प्रतियोगिता वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षता एवं शिक्षा मन्त्रालयका पुर्व सह सचिव शिक्षाविद् विष्णु कुमार देवकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि देवकोटाले शिक्षासंगै संस्कारका कुराहरु पनि सिकाउन विद्यालयका शिक्षक शिक्षीकाहरुलाई सुझाव दिएका थिए ।

साथै उनले विद्यार्थीहरुलाई अतिरिक्त रचनात्मक कृयाकलापहरुमा पनि सहभागि गराउनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा वडा सदस्यहरु निर्मा चौधरी, खिमा कुमारी विक, वडा सचिव भुवनेश्वर अधिकारी, अमर मावि उरहरीका शिक्षीका गोमा वालान क्षेत्री, दंगिशरण विद्या कुञ्जका प्रधानाध्यापक वम वहादुर डांगी, शान्ति आ।वि नवलपुरका प्रधानाध्यापक विष्णु वली लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा वडा सदस्य तथा वालवालिका कार्यक्रम संयोजक घनश्याम गौतमले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण वडा सदस्य सुवास डांगीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ असार ३ गते मङ्गलवार