• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा मिनी ट्रक र अटो ठोकिदाँ २ जना गम्भीर घाईते


दुर्गा वि.सी./असार ३, सल्यान । सल्यानमा   मिनी ट्रक र अटो ठोकिदाँ २ जना गम्भीर घाईते भएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा १ अम्रा नजिकै सुर्खेतबाट आउँदै गरेको बा २ क १९४२ को मिनी ट्रक र सल्लीवजारबाट वालुवासँग्रहि जाँदै गरेको भे १ ह ४३२९ नम्बरको अटो मंगलबार साँझ एक आपसमा ठोकिदा २ जना घाइते भएका हुन् ।

घाइते हुनेमा अटो चालक वर्ष २२ का घनश्याम यादव र गंगा प्रावि अम्राका प्रअ वोध वहादुर यरी भएको प्रहरीले जनाएको छ । तिव्र गतिको कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

मिनी ट्रक चालकलाई प्रहरिले नियन्त्रमा लिएको छ भने घाईते दुवैलाई उपचारका लागि नेपालगञ्ज पठाएको छ ।

प्रकाशित मिति : २०७६ असार ३ गते मङ्गलवार