• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

दाङको श्रीगाउँ लाईफ भिजन स्कुलमा १ हप्ते अक्षर सुधार तालिम सुरु


पूर्ण के.सी./ असार ३, दाङ । दाङको दंगिशरण गाउँपालिकामा अवस्थित श्रीगाउँ लाईफ भिजन स्कुलमा १ हप्ते अक्षर कला तालिम सुरु भएको छ ।

विद्यार्थी तथा शिक्षकको अक्षरकला बिकासको लागि र सुन्दर अक्षर लेखनको लागि ह्यान्डराईटिङ विशेषज्ञ बाट तालिम संचालन भएको बिद्यालयका प्रधानध्यापक मोहविर सुमैईले जानकारी दिए । यो तालिम बाट विद्यार्थीले अक्षर राम्रा लेख्ने र कसरी अक्षर राम्रो बनाउन आवश्यक लेखन सिप सिक्ने तालिम प्रशिक्षक गोबिन्द अधिकारीले जानकारी दिए।

तालिममा कक्षा १ देखी कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागीता रहेको र शिक्षकलाई पनि अक्षरकला सम्बन्धि एकदिने प्रशिक्षण गराउने कार्यक्रम रहेको अर्का प्रशिक्षक सुरेस पुनले बताए ।

प्रकाशित मिति : २०७६ असार ३ गते मङ्गलवार