• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यान-सुर्खेत जोड्ने पुल काँग्रेसले उद्घाटन गरेको भन्दै मेयर गोविन्द पुनको आपत्ती


दुर्गा वि.सी./ असार ३, सल्यान । सुर्खेत सिम्ता गाउँपालिका वडा ३ ओख्ले र सल्यान बनगाड कुपिण्डे नगरपालीका वडा ३ काँरागाउँ जोड्ने भेरी नदिमा २ वर्ष अघि निमार्ण सम्पन्न भई सकेको झोलुङ्गे पुलको मंगलबार नेपाली काँगे्रसका महामन्त्री तथा पुर्व गृहमन्त्री पुर्णवहादुर खड्काले उद्घाटन गरेका छन् । झोलुङ्गे पुल उद्घघाटन कार्यक्रमका प्रमुख अतिथी खड्काले आफ्नो पहल र सक्रियातामा पुल निर्माण भएको दावि गरे ।

२ वर्ष अघि नै निर्माण कार्य सम्पन्न भई उद्घाटन समेत भईसकेको झोलुङ्गे पुलको स्थानीय सरकारलाई व्यवास्था गरि पार्टी कार्यक्रमका रुपमा फेरी उद्घाटन भएको भन्दै २ स्थानीय तहका प्रमुखले आपती प्रकट गरेका छन् । बनगाड कुपिण्डे नगरपालीकाका मेयर गोविन्द कुमार पुनले जनतामा भ्रम पैदा गर्न खाजेको आरोप लगाए ।

उनले भने, “जनप्रतिनीधिलाई थाहै छ, ४ वर्ष अघि नेपाल सरकारको तुईन मुक्त अभियानको फलस्वरुप सरकारले नदि र खोलाहरुमा पुल निर्माण गर्ने कामलाई पहिलो प्राथामिकतामा पारेको थियो । तेहि अवसरमा निर्माण भएका पुलहरुलाई मेरो बजेट र पहलमा पुल बनेको कुरा बोल्नु भनेको हाँस्यास्पद हो ।”

त्यसैगरी सिम्ता गाउँपालिका प्रमुख कविन्द्र कुमार के.सी.ले जनतामा भ्रम सिर्जना गर्न नेपाली काँग्रेसका महामन्त्री जस्तो व्यक्तिले २ वर्ष अघि नै सञ्चालनमा आएको पुल फेरी उद्घाटन गरेरे विकासका नाममा राजनिती गर्न खोजेको आरोप लगाए ।

पुल उद्घाटन गर्न सहभागी काँग्रेस नेताहरु

उद्घाटन कार्यक्रममा सिम्ता गाउँपालिका र बनगाड कुपिण्डेका जनप्रतिनिधिहरुको उपस्थिती थिएन् । झोलुङ्गे पुल उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस सल्यानका पुर्व सभापति धुव्रराज पुरी, पुर्व जिल्ला सचिव एकराज डि.सी., सुर्खेत जिल्ला उपसभापति टेकवहादुर सिंह लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्ष बनगाड कुपिण्डे नगरपालिका वडा ३ का वडा संयोजक केसब बस्नेत र सञ्चालन मेघलाल पुनले गरेका थिए ।

भेरी नदिमा २ सय मिटर लम्बाईको निर्माण कार्य सम्पन्न भएको पुल १ करोड २० लाखमा माना मालिका जेभिले काम सम्पन्न भई सञ्चालनमा आईसकेको हो । कन्ट्रक्सनका गोविन्द साउदले काम सम्पन्न भई १ वर्ष अघि नै उद्घाटन भई हस्तानतरण भईसकेको जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ असार ३ गते मङ्गलवार