• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा एक महिलाको विष सेवन गरेर मृत्यु


समिर श्री / असार ४, सल्यान । सल्यानमा विष सेवन गरेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ४ घुसखोला निवासी अन्दाजी २१ वर्षिया पवित्रा बस्नेतले बिष सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  ईलाका प्रहरी कार्यालय थारमारेका प्रहरी प्रमुख लिलाभक्त वादेका अनुसार घटना हिजो दिउँसो ४ बजे घटेको हो ।

विष सेवन गरि कोठामा छट्पटाइरहेको अवस्थामा परिवारले उनलाई फेला पारेको  र घरमा प्राथामिक उपचार गर्दागर्दै मृत्यु भएको वादेले बताए । शवलाई पोस्टमार्टको लागी जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।

 

प्रकाशित मिति : २०७६ असार ४ गते बुधवार