• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

दिसा गर्न गएका १६ वर्षीय किशोर सल्यानमा मृत भेटिए


समिर श्री / असार ४, सल्यान । दिसा गर्न गएका एक किशोरको सल्यानमा मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ६ सानाहिममा यस्तो घटना भएको हो ।

मृत्यु हुनेमा सोही नगरपालिका वडा नं ४ भीरगाउँ निवासी १६ वर्षिय चन्द्र प्रकाश पुनमगर रहेका छन् । स्थानीय सडक नाप्ने क्रममा दिउँसो करिव २ बजेतिर शौचालय गर्न जान्छु भनी गएका पुनमगर नफर्किए पछि उनी संगै काम गर्दै आएका साथि बोलाउन जाँदा मृत अवस्थामा भेटिएका थिए ।

घटना असार २ गतेको हो । घटना शंकासपद भएको स्थानीयले बताएका छन् । तर मृत्युका विषयमा अनुसन्धान भैरहेको थारमारे प्रहरीले जनाएको छ ।

मृतक पुनमगरले गत वर्ष नगरकै सरस्वती मा.वि.पेदिखोला बाट एस.ई.ई. को परीक्षा दिएका थिए । उनी परिक्षाको नतिजा नआन्जेल सम्म को लागि डी.पी.आर. को टोली सँगै काम सिक्ने भनी उक्त स्थानमा गएका उनी संगै काम गर्नेहरुले बताएका छन्  ।

प्रकाशित मिति : २०७६ असार ४ गते बुधवार