• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दोस्रो पटक रिहा गर्दापनि प्रहरीले पक्राउ गर्न थालेपछि विप्लव कार्यकर्ताको अदालत भित्रै बास


ओम हमाल / असार ४, पोखरा । दोश्रो पटक रिहा गर्न आदेश दिंदा पनि ब्यापक गिरफ्तारीको तयारी गरिएपछी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका नौ जना नेता तथा कार्यकर्ताले गएराती उच्च अदालत पोखरा परिसरमा रात बिताएका छन् ।

उच्च अदालत पोखराको आदेश बमोजिम अदालतका रजिस्ट्रार, रास्ट्रिय मानव अधिकार आयोग पोखरा र उच्च अदालत बार एसोसिएसन पोखराको रोहबर तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पोखरा र नेपाल पत्रकार महासंघ कास्कीको अनुगमनमा उनीहरुले गएराती उच्च अदालत पोखरा परिसरमा रात बिताएका हुन् । उनीहरुले अदालत परिसरभित्र रहेको न्याय सेवा केन्द्रको कोठामा रात बिताएका थिए ।

अदालत परिसरमा रात बिताएका ने।क।पा।का नेता तथा कार्यकर्ताहरुमा ने।क।पा। कास्की जिल्ला सेक्रेटरी बिबेक भण्डारी ‘आक्रोश’ , नेकपा कास्कीका जिल्ला सदस्य एबम एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’, पार्टी जिल्ला सदस्य एबम अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा गण्डक ब्युरो संयोजक मिलन राइ, पार्टी जिल्ला सदस्य एबम अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ,जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल क्रान्तिकारी पि एन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र उपाध्यक्ष एबम सहिद पुत्र सुजन सापकोटा, सचिब राजन साउद र गगन परियार रहेका छन् ।

अघिल्लो आदेशमा रिहा गर्न आदेश दिएको उच्च अदालतले मंगलबारको आदेशमा “अदालतका रजिस्ट्रारको उपस्थितिमा उनीहरुलाई रास्ट्रिय मानव अधिकार आयोग र उच्च अदालत पोखरा बार एसोसिएसनका पदाधिकारीको रोहवरमा छाड्न” आदेश दिएको थियो । त्यसको साथमा उनीहरु रिहा भएरनभएको प्रतिबेदन पेश गर्न पनि सोही समुहलाई निर्देशन दिएको थियो ।

अदालतको कडा खालको आदेश हुँदा हुँदै पनि कास्की प्रहरीले उनीहरुलाई फेरी गिरफ्तार गर्न तयारी गरेको थियो । प्रहरीको फेरी गिरफ्तारी तयारी देखेपछी ने.क.पा.का नेता तथा कार्यकर्ताहरुले अदालतको आदेश वमोजिम रिहाइका लागिअदालत, मानब अधिकार आयोग, बार एसोसिएशन तथा मानव अधिकारवादी र पत्रकारहरुसंग गुहार मागेका थिए ।

उच्च्च अदालत परिसरमा रात बिताएका ने.क.पा.का नेता तथा कार्यकर्ताले आज कार्यालय समय खुल्नासाथ उच्च अदालत पोखरामा फेरी अदालतको मानहानी मुद्दा दर्ता गर्दै छन् भने रोहबरमा रिहा गर्ने जिम्मेवारी पाएका उच्च अदालत पोखराका रजिस्ट्रार, रास्ट्रीय मानव अधिकार आयोग र उच्च अदालत बार एसोसिएशन पोखराको समुहले अदालतको आदेश पछीको उत्पान्न परिस्थिति र अदालतको आदेश बमोजिम बन्दीहरु रिहा भएरनभएको बारेमा अदालतमा प्रतिबेदन बुझाउन्दैछन् ।

यसैबीच प्राप्त जानकारी अनुसार, उच्च अदालत पोखरा अन्तरगत रहेको न्यायिक सम्बाद समितिको बैठक पनि आजै बस्दैछ । जिल्लाका सुरक्षा निआयाका प्रमुख समेत सहभागी हुने सो बैठकमा ने.क.पा. का नेता तथा कार्यकर्ता गिरफ्तारीका बिषयमा उपयुक्त निर्णय हुनसक्ने बताइएको छ ।

अदालतमा न्यायिक सम्बाद समितिको बैठक बस्ने तयारी भईरहेका बेला ने।क।पा। का नेता तथा कार्यकर्तालाई फेरी गिरफ्तार गर्न ब्यापक मात्रामा सादा पोशाकका प्रहरीहरु परिचालित गरिएका छन् । अदालतको आदेश बमोजिम रिहा भएका नौमध्ये चार जना नेताहरुलाई मात्र गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय तनहुँ लैजाने तयारी प्रहरीले गरेको प्राप्त समाचारमा जनाइएको छ । बाँकी पांच जना विद्यार्थीलाई भने प्रहरीले फेरी गिरफ्तार गर्ने सम्भावना कम रहेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २०७६ असार ४ गते बुधवार