• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सांसद बस्नेतको प्रश्नः “सल्यानबाट भेरी तर्दा जनताले कहिलेसम्म छुट्कारा पाउलान मन्त्री ज्यू ?”


असार ४, सल्यान । प्रतिनिधी सभाका सांसद टेक बहादुर बस्नेतले सल्यानबाट भेरी नदि पार गर्ने २ वटा झुलुङ्गे पुल अन्योलतामा रहेको भन्दै आजको प्रतिनिधि सभाको बैठकमा ध्यान आकर्षण गराएका छन् ।

सभाको शुन्य समयमा बोल्दै सांसद बस्नेतले सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ देवस्थल नाम्राबाट सुर्खेत सिम्ता गाउँपालिका बालिखोला जोड्ने र कुमाख ४ कालागाउँ घाटाचौरबाट जाजारकोट कुदु जोड्ने भेरी नदिको झुलुगें पुल बर्षैदेखि अन्योलतामा रहेको जानकारी गराएका हुन् । संघिय सरकारको रातो किताबमा सधै पर्ने र झिकिने गरेको भन्दै सांसद बस्नेतले त्यहाँका जनताले सधै सास्ती भोग्नु परेको बताए ।

उनले प्रश्न गरे, “यी पुल संघिय सरकारको रातो किताब भाग १/२ मा पर्ने–झिकिने, पर्ने–झिकिने भएको १० औँ बर्ष भयो । त्यहाँका जनताले बर्षै सम्म अन्योलता र ठुलो सास्ती बेहोरी रहुन परेको छ । अब त्यहाँका जनताले अन्योलतार सास्तीबाट कहिले छुट्कारा पाउलान मन्त्री ज्यू ?”

त्यस्तै उनले असार २ गते राती छत्रेश्वरी गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा भएको आगलागी सुनियोजित तरिकाले भएको बताएका छन् । त्यसको छानविन गरेर दोषिलाई सार्वजनिक गरी कारबाहीको माग उनले प्रतिनिधि सभाको बैठकमा राखेका छन् ।

यस्तो छ उनले प्रतिनिधि सभाको बैठकमा बोलेको शब्द 

समाननिय सभामुख महोदय । 

अस्ती असार २ गते सल्यानको छत्रेश्वरी गाउँपालिका ३ नम्बर वडा झिम्पेको वडा कार्यालय आगजनी र तोडफोडको घटना दुखत र सुनियोजित हो । यसको छानविन गरेर दोषिलाई सार्वजनिक गरि कारबाही गरियोस् ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ देवस्थल नाम्राबाट सुर्खेत सिम्ता गाउँपालिका बालिखोला जोड्ने भेरी नदि झुलुगें पुल र सल्यानकै कुमाख  गाउँपालिका ४ कालागाउँ घाटाचौरबाट जाजारकोट कुदु जोड्ने भेरी नदिको झुलुगें पुल संघिय सरकारको रातो किताब भाग १/२ मा पर्ने-झिकिने, पर्ने-झिकिने भएको १० औँ बर्ष भयो ।

त्यहाँका जनताले बर्षै सम्म अन्योलता र ठुलो सास्ती बेहोरी रहुन परेको छ । अब त्यहाँका जनताले अन्योलतार सास्तीबाट कहिले छुटकारा पाउलान मन्त्री ज्यू । यो सदनमार्फत सम्बन्धीत मन्त्रालय र नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहान्छु । 

धन्यवाद 

 

प्रकाशित मिति : २०७६ असार ४ गते बुधवार