• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

भ्रष्टाचारबाट अतालियको सरकारले जनतामाथी चरम दमन गर्याे : युवा संगठन


असार ४, काठमाडौँ । युवा संगठन नेपालले पक्राउ परेका आफ्ना नेता–कार्यकर्ताहरुलाई रिहाइको माग गरेको छ । विप्लव निकटको युवा संगठन नेपालले संगठनका केन्द्रिय सदस्य जाहेर राइन र जनकपुर ब्युरो इन्चार्ज राजन लाई रिहाइको माग गरेको हो ।

उनिहरुलाई कामको सिलसिलामा धनुषाबाट गिरफ्तार गरी झुट्टा मुद्धा लगाएको भन्दै उक्त संगठनले घोर आपत्ती जनाएको छ । संगठनका केन्द्रीय अध्यक्ष पाटनले जारी गरेको विज्ञप्तीमा देशभरीबाट सयौँ नेता कर्याकर्ताहरुलाई अनाहाकमा झुट्टा मुद्धा लगाई बन्दी बनाएको भन्दै खेद प्रकट गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, “देशमा भैइरहेको ब्यापक भ्रष्टाचार बिरुद्धको आन्दोलनबाट अतालियको केपि–पिकेहरुको सरकारले कथित प्रतिबन्धको नाममा नेपाली जनतामाथी चरम दमन गर्दै आइरहेको छ ।” आफ्नो न्याय, समान्ता, स्वतन्तताको पक्षमा आवाज उठाउदै र देशमा भएको ब्यापक भ्रष्टाचार बिरुद्धको अभियानलाई तिब्र पार्दै लगेको विज्ञप्तीमा भनिएको छ ।

यस्तो छ प्रेस विज्ञप्ती

प्रकाशित मिति : २०७६ असार ४ गते बुधवार