• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

दाङमा निशुल्क पढाउने शिक्षकलाई सम्मान


पुर्ण केसी/ असार ४, दाङ । दाङमा निशुल्क अध्यापन गराउने शिक्षकलाई सम्मान गरिएको छ । बिगत २ बर्षदेखी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित माबि दोघरेमा निशुल्क रुपमा मा.बि. बिज्ञान विषय अध्यापन गराइरहेका शिक्षक नारायन भट्टाइलाई वडा कार्यालयले आज वडाभेलाको अवसरमा सम्मान गरेको हो ।

तुलसीपुरका मेयर घनश्याम पाण्डे, वडा नं. ९ का अध्यक्ष घनश्याम ढकाल, दोघरेका प्रअ घनश्याम आचार्य, बिब्यस अध्यक्ष मुक्तिप्रसाद न्यौपाने लगाएतको उपस्थितीमा उनलाई सम्मान गरिएको हो ।

सम्मान ग्रहण गर्दै शिक्षक भट्टाइले गरीब, बिपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने तुलसीपुरकै मुटुमा रहेपनी धेरै पछाडि परेको मा.बि. दोघरेको अभिभावक भेलामा मा.बि. चलाउने सर्तमा बैकल्पिक शिक्षकको ब्यबस्था नहुदासम्म निसुल्क पढाउने घोषणा गरे । पहिलो पटक एसइइ मा सहभागीता जनाउन लागेको मा.बि. दोघरेले राम्रो नतिजा प्राप्त गर्ने अपेक्षा उनको छ ।

प्रकाशित मिति : २०७६ असार ४ गते बुधवार