• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा विप्लवको शुभचिन्तक हुँदा छोरो प्रहरी हिरासतमा, भेट्न गएका बुबा अस्पतालको बेडमा !


असार ४, सल्यान । विप्लवका कार्यकर्ता भन्दै सल्यान प्रहरी हिरासतमा रहेका सेरजंग चन्दका बुबा यतिबेला अस्पतालमा छट्पटाइरहेका छन् । गत जेठ १३ गते मोख्लाबाट पक्राउ परेका बागचौर नगरपालिका ६ कोटबाराका सेरजंगका बुबा कलसिंह चन्द यतिबेला जिल्ला अस्पताल सल्यानको अप्रेशन बेडमा रहेका छन् ।

छोरो पक्राउ परेको खबर सुनेपछि जिल्ला प्रहरी कार्यालयमा भेट्न आएका उनि जेठ १६ गते खलंगामा एक्कासी बेहोस् भएपछि अस्पताल लगिएको थियो । उनको उपचारमा संलग्न डाक्टरका अनुसार पेटमा समस्या देखिएपछि पेटको अप्रेशन गरिएको र अहिले बाँकी उपचार भैरहेको छ ।

उपचारमा कुरुवा आफन्तका अनुसार उनि अस्पतालमा भएदेखि हिरासतमा रहेका छोरालाई समेत भेट्न पाएका छैन् । बेडमा रहेका बुबा कलसिंहले भने, “ उसकी आमा बिरामी भएपछि छोरोले चितवनमा लगेर उपचार गराई घर ल्याएको थियो, घरमा बस्न नपाउदै प्रहरीले समातेर लग्यो । मेरो छोरोले आखिर के नै गरेको छ र प्रहरीले दुख दिएको छ ?”

जिल्ला प्रहरी कार्यालय सल्यानका इनिस्पेक्टर पंचलाल गोलेका अनुसार उनलाई अहिले बम बिस्फोटको घटनामा मुद्दा दर्ता गराइएको छ । उनि घरका एक्ला छोरा हुन् भने ४ दिदिबहिनी छन् ।

स्थानीय नेता तिलक मल्लले उनलाई सामान्य कार्यकर्ताको रुपमा विप्लव नेकपाका लागेको स्थानीय बताउछन् । पार्टीको शुभचिन्तक मात्रै भएको र अध्यानको लागी घरमा पनि खासै बस्ने नगरेको एक स्थानीयले बताए । तिलक मल्ल गतबर्ष सत्तारुढ नेकपामा प्रवेश गरेका थिए भने उनी विप्लवको विचारधारमा अडिएका छन् ।

उनिहरु गाउँका सामान्य किसान भएको स्थानीयलृ बताएका छन् । अस्पतालमा भेट्न आएका आफन्तले भने, “काम गरेर साँझ बिहान धउधउ खाना पुग्छ । यसैमाथी यस्तो दुख आइलाग्यो । यो देशमा कहाँ छ मानवता ?”

प्रकाशित मिति : २०७६ असार ४ गते बुधवार