• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको गर्पामा गर्भ जाँच्न आउनेलाई नुन र साबुन दिइन्छ


असार ५, सल्यान । गर्भवती हुदा जचाँउन आउने सल्याान गर्पाका महिलाहरुले प्रतिपटक १ पोका नुन र एउटा साबुन पाउने गरेका छन । कपुरकोट गाउपालिका २ गर्पामा रहेको स्वास्थ्यचौकी बाट यो सुविधा पाउने इन्चार्ज हुमराज योगीले जानकारी दिए । यो स्वास्थ्य चौकीबाट कपुरकोट गाउँपालिका १ र २ का नागरिकले सेवा लिने गर्दछन् ।

गर्भवती महिलाहरुलाई स्वास्थ्यचौकीमा नियमित जाँच गर्ने वानी विकास हवस भनेर यस्तो निर्णय गरिएको उनको भनाई छ । मंगलबार गाउँपालिका अध्यक्ष भिम बहादुर सेन सहित कार्यालय सम्म पुगेको हेड नेटवर्कको अनुगमन समूहसंगको छलफलमा स्वास्थ्यचौकीले दिएका सुविधाका बारेमा जानकारी दिइएको छ । यो सुविधा दिने भन्ने लागुभएपछि अघिल्लो बर्ष भन्दा यो बर्ष गर्भजाँच गर्न आउनेको संख्यामा वृद्धि भएको बताइएको छ ।

अघिल्लो बर्ष बर्षभरि ४४ सुत्केरी भएको वडामा ३५ जनाले मात्रै नियमित स्वास्थ्यजाँच गराएको तर यो बर्षको चैत्र सम्ममा मात्रै ४३ जनामा सबैले नियमित स्वास्थ्यजाँच गराएको पाइएको छ ।

त्यस्तै गर्भवतीलाई स्वास्थ्यसंस्थाले नियमित स्वास्थ्य जाँचको समयमा फोन गरेर बोलाउने गर्छ । वडामा यदि कुनै महिला स्वास्थ्य संस्थासम्म ल्याएमा स्वास्थ्य स्वयमसेविकाले १०० पाउने व्यवस्था पनि वडामा गरिएको छ ।

वडामा कोही विरामी भएमा वडाकै मोटरसाइकल यम्बुलेन्सको रुपमा पनि प्रयोग भएको वडाअध्यक्ष मान बहादुर डाँगीले बताए । स्वाथ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका रानाले रातिदिउसो नभनि आफुले विरामीबोकेको भन्दै वडाका तर्फबाट गाउपालिका अध्यक्ष छलफलमा संगै हुदा एम्बुलेन्सको पनि माग गरे ।

हरप्लेस सल्यानले संचालन गरेको पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत भएको स्वास्थ्यसंस्था अनुगमनमा खानेपानीको समस्याका कारण स्वास्थ्यसंस्थालाई सेवा दिन कठिन भएको सरोकारवालाले बताएका थिए ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथामिकतामा राखेकोले ति क्षेत्रका कामलाई सबैले सुझावमा दिनुपर्ने र सबैलाई समेटिने बताए । उनले स्वास्थ्यसंस्था तथा वडामा भएको खानेपानीको समस्याका बारेमा गाउँपालिकाले गम्भिर रुपमा लिएको बताउदै आउदो गाउसभासम्म वडाबाट गएका यस्ता योजनालाई प्राथामिकतामा राख्ने बताए ।

कार्यक्रममा परियोजना संयोजक दिपेन्द्र शाहीले सबैलाई सवाफदेहि बनाउने गरी यो परियोजना जिल्लाका कुपुरकोट र छत्रेश्वरीमा यो कार्यक्रम लागुृ भएकोले यो परियोजनाले सरकारलाई काम गर्न सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २०७६ असार ५ गते बिहिवार