• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सर्लाहीमा प्रहरीको गोली प्रहारबाट विप्लवका जिल्ला इन्चार्जको मृत्यु


असार ५, काठमाडौं । सर्लाहीमा प्रहरीको गोली प्रहारबाट प्रतिवन्धित विप्लव नेकपाका जिल्ला इन्चार्जको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला इन्चार्ज कुमार पौडेल रहेको प्रहरी आफैले पुष्ठी गरेको छ ।

जिल्लाको लालबन्दीमा दुई वटा मोटरसाइकलमा आइरहेका चार जना विप्लव कार्यकर्तालाई प्रहरीले गोलि हानेको हो । गोलि प्रहारबाट इन्चार्जको मृत्यु भएको छ भने अन्य ३ जना शकुसल भागेका छन् । तर प्रहरीले भने यसलाई दोहोरो भिडन्त भएको दाबी गरेको छ ।

यसैबीच घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपीसहितको टोली पुगेको प्रदेश नम्बर २ का प्रहरी प्रवक्ता डीएसपी दानबहादुर थापाले जानकारी दिए । यसअघि भोजपुरमा विप्लवका कार्यकर्ता तीर्थराज घिमिरोई पनि प्रहरीले गोली हान्दा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७६ असार ५ गते बिहिवार