• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानको फलाबाङलाई संरक्षणमा कुनै कमीहुन नदिने वडा अध्यक्षको दाबी


धनराज तुफान/असार ५, सल्यान । सल्यानको त्रिवेणी गाउपालिका वडा नम्बर ४ फलावाङ्गले धार्मीक सम्पदा संरक्षणमा उत्सुक्ता देखाएको छ । इतिहास बोकेका धार्मीक सम्पदा वडाको गौरव भएको भन्दै वडा अध्यक्ष छबीराज शर्माले धर्म संस्कृती संग जोडिएका जुनसुकै मठमन्दीर, दरवार र अन्य सम्पदालाई संरक्षणमा कुनै कमीहुन नदिने बताए ।

लेकाली अनलाइनसँगको कुराकानीका क्रममा उनले आफु जनप्रतीनीधी भएर आएपछि सबै क्षेत्र समुदाय र वडाबासीले समग्र विकासको अपेक्षा गरीरहेकाबेला आफनो कार्यकालमा सबै क्षेत्रमा वडालाई सम्पन्न बनाई छाड्ने प्रतीबद्धता ब्यक्त गरेका छन् । २०७५/७६ को बजेटमा तपाईले वडामा खास के काम गर्नुभयो भन्ने लेकाली अनलाइनको प्रश्नमा  उनले भने, “यो बजेटमा प्रमुख प्राथामीक्ताका साथ वडामा देखिएको खानीपानीको चरम समस्यालाई मध्यनजर गर्दै खानेपानी सुधारेको मुहान संरक्षण, ८ वटा रिर्जव ट्ङकी निर्माण पहिलो प्राथामिकता दिएर गरेको छु ”

उनले दोस्रोमा विकासमा देखावटी देखीने केहि नयाँ मोटरबाटो र केहि पुरानो मोटरबाटो मर्मत तथा स्तरउन्नती गरिएको बताए । तेस्रोमा वडामा रहेको नेपाल राष्ट्रीय माधामीक बिद्यालय र शिद्ध आधारभुत बिद्यालयको भवन र अन्य संरचनाको बिकास गरिएको उनको भनाई छ ।

वडाले आफ्नो तरिकाले वडाको बजेट परिचालन गर्न नपाएपनि विकासमा कुनै कन्जुसाई नगरी वडाका सम्पुर्ण टोलको प्रतिनीधीत्व हुनेगरी काम गरेको उनले बताए ।

वडामा अपेक्षाकृत विकास नभएपनि विकासको कमी हुन नदीएको प्रती संकेत गर्दै संघीयताको संरचनाले स्थानीय प्रदेश र संघीय सरकारकै आफ्नै तौर तरीकाले वडा स्तरका जनप्रतीनीधी प्रतेक्ष अफ्ठ्यारोमा परेको गुनासो समेत उनले सुनाए ।

शुसासनमा नागरीक सहभागीता बिषयक एकदिने जानकारी मुलक कार्यक्रम सम्पन्न

यसैबिच शुसासनमा नागरीक सहभागीता बिषयक एकदिने जानकारी मुलक कार्यक्रम फलाबाङ सम्पन्न भएको छ । यूरोपीएन यूनीयनको आर्थीक सहयोगमा डि।डि एस सल्यानको साझेदारीमा संचालीत शुसासनमा नागरीक सहभागीता परीयोजना अन्तरगतको कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय स्तरमा रहेका महिला, बालबालीका,लगाएतलाई सस्क्त बनाउनको लागी कार्यक्रम गर्न लागीएको आयोजक संस्थाले जनाएको छ । बिकासे देखि समाज र घर परिवारमा देखिने बिबादीत देखी पारीवारीक समस्या समाधानमा उल्लेखनीय भुमीका नीर्र्वाह गर्न मदत गर्ने कार्यक्रको लक्ष रहेको बताईएको छ ।

वडा अध्यक्ष छबी राज शर्माको अध्यक्षमा भएको कार्यक्रममा वडा सदस्यहरु, पत्रकार धनराज तुफान, वडा सचिव सालीकराम रोका लगाएका अतीथीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा वडाका स्वास्थ्य स्वयम सेवीका आमा समुह बाल कल्वका प्रतीनीधीहरुको पनि सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष शर्माले सुसासनको यो कार्यक्रमले महत्वपुर्ण प्रभाव पार्ने बताए । । उनले हरेक काममा सुसासन हुन जरुरीरहेको बताउदै विकासे काममा मात्र नभएर टोल सुधारमा पनी यस कार्यक्रले प्रभावपार्ने भएकोले कार्यक्रमको महत्वलाई बुझेर प्रभावकारी ढंगले चल्न आग्रह गरे ।

कार्यक्रमको संचालन डिडिएस सल्यानकी सामाजिक परीचालक हिमा बुढाथोकी राम्जाले गरेकी थिइन् ।

 

प्रकाशित मिति : २०७६ असार ५ गते बिहिवार