• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

रुकुममा मेयरको डोजरले बालकलाई किचेल्यो, घटना एक हप्तासम्म गुपचुप !


असार ५, सल्यान । रुकुम पश्चिममा मेयरको डोेजरले एक बालकलाई किचलेको छ । जिल्लाको चौरजहारी नगरपालिकाका मेयर बिशाल शर्माको डोजरले सोहि नगरको वडा नम्बर ६ पुरानो पानीका १२ बर्षीय मोहन रोकालाई  किचेलेको हो । घटना जुम्ली पोखरी देखि खाडल जोड्ने सडक खन्ने क्रममा भएको हो ।

डोजरले किचलेपछि उनका दुईवटै खट्टा गुमेका छन् । घटना जेठ ३० गतेको भएपनि गुपचुपमै रहेको थियो । सामाजिक संजालमा हिजो असार ४ गते घटना बाहिर आएपछि लेकाली अनलाइनले त्यसको फलो गर्दा मेयरको डोजरले बालकलाई किचलेको र घटनाको सबै क्षेतीपुर्ती दिने सहमती भएपछि कुरा मिलेको मेयर शर्माले नै स्वीकार गरेका छन् ।

लेकाली अनलाइनसँग कुरा गर्दै उनले डोजर आफ्नो नाममा भएको र अर्कालाई ठेक्का दिदा यस्तो घटना घटेको बताए । उनले भने, “बालकको सम्पुर्ण खर्च त्यही ठेकेदारले दिने सहमतीमा कुरो मिलेको छ । त्यसमा चिन्ता लिनुपर्ने कुरा छैन् ।”

घटना गुपचुप पारिएको हो भन्ने प्रश्नमा उनले भने, “घटना भएको सबैलाई थाहा छ । लुकाउनु पर्ने कुनै कारण छैन् । हामीले प्रहरी मुचुल्का बनाउनु भन्दा पहिला बालकको ज्यान बचाउन तिर लागेका हौँ ।” वडा अध्यक्षको रोहोबरमा स्थानीय र ठेकेदारको सहमतीमा बालकलाई अस्पताल लगिएको उनले बताए ।

बालकलाई अस्पताल लगिएपनि घटना एक हप्तासम्म गुपचुपमै रह्यो । बालकलाई इमर्जेन्सी रुपमा अस्पताल लगिएपनि प्रहरी रिपार्ट गराउनु पर्ने हुन्छ । तर यस बिषयमा इलाका प्रहरीका कार्यालय चौरहजारीका हवल्दा नर बहादुर पौडेलले आफुहरुलाई पनि केहि जानकारी नभएको बताएका छन् । घटना जिल्ला प्रहरी कार्यालय रुकुममा समेत दर्ता भएन ।

बालकको अहिले ललितपुरको आनन्द वन अस्पतालमा उपचार भैरहेको परिवारले जनाएको छ । बालकका भिनाजु रमित रावतका अनुसार उनका दुईवटा खुट्टा खाटिएको छ ।

 

प्रकाशित मिति : २०७६ असार ५ गते बिहिवार