• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

अन्तर्रा्ष्ट्रिय लागू पदार्थ विरुद्धको दिवसमा सल्यानमा विभिन्न कार्यक्रम


असार ५, सल्यान । अन्तर्रा्ष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस विभिन्न साताव्यापी कार्यक्रम गरी सल्यानमा मनाइउन शुरु गरिएको छ । दिवसको अवसरमा शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानिय तह लगायतले विभिन्न कार्यक्रम गरि बनाउन शुरु गरेका हुन ।

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्रा्ष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रुपमा मनाउने निर्णय संयूक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ। यस दिनको एउटा मात्र उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारबाट मुक्त गराउनु हो।

मन्दिरको सरसफाइ तथा रंगरोगन

दिवसको अवसरमा ससस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, स्थानियवासिन्दा आदिको सहभागितामा विहिबार विहान सदरमुकाममा रहेको कालिका मन्दिर सरसफाइ गरिएको छ । लागु पदार्थका प्रयोगकर्ताले मन्दिर आसपासमा लुकेर लागुपदार्थ प्रयोग नगरुन भनेर सरसफाइ गरिएको हो ।

लागु पदार्थ प्रयोगकर्ता मन्दिर परिशरमा लुगेर यसको प्रयोग गर्ने गरेको स्थानियको गुनासो छ । मन्दिर वरपर सफा गर्नुका साथै मन्दिरको रंगरोगन समेत गिरएको छ । शसस्त्र प्रहरीले आयोजना गरेको सो सरसफाइ कार्यक्रममा मन्दिरलाई रंगरोगन गरि चिटिक्क पारिएको थियो ।

यस्तै नगरपालिका तथा वडा कार्यालय र स्थानियको तर्फबाट मन्दिरको मर्मत तथा बाटो मर्मत समेत गरिनेछ । सरसफाइ कार्यक्रममा जिल्ला न्यायधिश कुल प्रसाद पाण्डे, शारदा नगरपालिकाका मेयर शुरेस अधिकारी, शसस्त्र प्रहरी नायव उपरिक्षक विमल डाँगी लगायत, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानिय, जनप्रतिनिधि लगायतको सहभागिता थियो ।

विद्यालयहरुमा अन्तर्रा्ष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध सचेतना

दिवसकै अवसरमा नेपाल प्रहरीले विद्यालयहरुमा अन्तर्रा्ष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध सचेतना अभियान शुरु गरेको छ । जस अनुसार विहिबार पहिलो दिन तिनवटा इलाका प्रहरी कार्यालयको नेतृत्वमा जिल्लाका चार विद्यालयमा सचेतना मुलक कार्यक्रम गरिएको छ ।

त्रिभुवन ज मावि लुहापिंग, मावि रागेचौर, मावि कोटबारा लगायत चार विद्यालयमा विद्यार्थिहरुलाई लागुऔषधको बारेमा चेतनामुलक कार्यक्रम गरिएको प्रहरीले जनाएको छ । ११ गते सम्म हरेक दिन फरक फरक विद्यालयमा पुगेर लागु औषधका विरुद्ध सचेतनामुल कार्यक्रम गरिने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव उपरिक्षक विरेन्द्र बहादुर शाहीले बताए । एक हप्ता सम्म विभिन्न सचेतनामुलक कार्यक्रम गरि मनाइने उनले बताए ।

 

प्रकाशित मिति : २०७६ असार ५ गते बिहिवार