• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

अखिल क्रान्तिकारीद्वारा आज देशका १२ जिल्लामा शैक्षिक हड्ताल !


असार ६, काठमाडौं । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले आज उपत्यका सहित १२ जिल्लामा शैक्षिक हड्तालको घोषणा गरेको छ । आफ्ना नेता तथा कार्यकर्ताको गिरफ्तारी विरुद्ध यसअघिनै विज्ञप्ती जारी गरि सो संगठनले आज असार ६ गते आम शैक्षिक हड्तालको घोषणा गरेको हो ।

शैक्षिक हड्ताल हुने जिल्लाहरु उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् । त्यस्तै धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगुमा पनि शैक्षिक हड्ताल हुने संठनका केन्द्रीय अध्यक्ष चिरनजिवी ढकालले बताए । यी जिल्लबाट आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेको उक्त संगठनको भनाई छ ।

त्यस्तै संगठनको भेरी क्षेत्रिय समन्वय समितीले पनि केन्द्रको कार्यक्रम अनुसार आफ्नो क्षेत्र बाँके र जाजरकोटमा पनि शैक्षिक हड्ताल सफल पार्न भन्दै विज्ञप्ती जारी गरेको छ ।

 

प्रकाशित मिति : २०७६ असार ६ गते शुक्रवार