• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानको सिद्ध कुमाख गाउँपालिकाले गर्यो बजार अनुगमन


असार ६,सल्यान । सिद्ध कुमाख गाउँपालिका भित्र रहेका विभिन्न पसलहरुमा अनुगमन गरिएको छ। पशु सेवा शाखा ढोरचौरको आयोजना र गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेको अगुवाइमा आज गाउँपालिका भित्रका विभिन्न पसलहरुमा अनुगमन गरिएको हाे । नियमन कार्यक्रम अन्तर्गत मासुपसल, डेरी उद्योग र औषधि पसलमा अनुगमन गरिएको छ।

अनुगमनको क्रममा ढोरचौर, चाख्लिघाट, पटारे र मोख्ला बजारका १४ वटा पसलमा अनुगमन गरिएको छ् ।अनुगमनकाे क्रममा मासुकाट्ने औजारमा खिया लागेको, बधक्षेत्र फोहोर भएको, पसल कानुन बमोजिम दर्ता र नविकरण नभएको, म्याद नाघेका औषधि भेटिएको, मुल्य सूचि नराखिएको, व्यवसाय दर्ताको सूचना वोर्ड नराखेको र तौलने भाँडाहरु उपभोक्ताले देखिने गरि नराखेको साथे सहि समेत नभएको कमजोरीहरू भेटिएको पशु सेवा केन्द्रका प्रमुख दिपक कुमार वलिले जानकारी दिएका छन् ।

पहिलो पटक र पहिलो चरणको निरक्षण तथा अनुगमन भएकोले मौखिक चेतावनी र सुझाव मात्र दिइएको र यो कार्यलाइ अब नियमित र सबै खाले पसलहरूमा गरिने गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताएका छन् । गाउँपालिकाले भर्खरै बजार अनुगमन कार्यविधि २०७६ पारित गरेको हुदाँ अब उपभोक्ताहरूको हकहितको लागि नियमितरूपमा अनुगमन गरिने हुदाँ सबैलाइ सचेत हुन समेत चेतावनी दिए।

बजार अनुगमन समितिको संयोजक तथा गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले यहि आ‍.व. भित्र सबै खालका व्यवसायहरूले कानुन बमोजिम दर्ता तथा नविकरण गरिसक्नुपर्ने र अटेर गरेको देखिएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएकि छन् ।

प्रकाशित मिति : २०७६ असार ६ गते शुक्रवार