• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

दाङमा अपांगता भएका व्यक्तिहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न


पूर्ण केसी/असार ६, दाङ । तुलसीपुर उपमहानगरपालिका १९ नम्बर वडा कार्यालयको आयोजना तथा वडास्तरिय अपांगता समन्वय समितिको समन्वयमा अपांगता भएका व्यक्तिहरुको सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष रामबहादुर योगीको शभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष  योगीले अपांगता भएका व्यक्तिहरु स्वयं सशक्त भएर दरिलो आत्मबलका साथ जाग्न जरुरी भएको कुरामा जोड दिए । उनले अपांगता भएका व्यक्तिहरु जागृत भए मात्रै वडाले विनियोजन गर्ने अपांगता लक्षित बजेटले सार्थकता पाउने र वडाले हरेक वर्ष अपांगता मैत्री बजेट विनियोजन गर्ने कुरामा थप जोड दिए ।

उक्त कार्यक्रममा प्रशिक्षक द्वोय प्रतिमा शर्मा र देवा डाँगीले अपांगता सँग सम्बन्धित विभिन्न किसिमका विषयवस्तुहरुमा सहजिकरण गरेका थिए । ४५ जनाको सहभागीता रहेको उक्त कार्यक्रमको उदघाटन सत्रको कार्यक्रमको सहजिकरण बेदप्रसाद भुसालले गरेका थिए ।

प्रकाशित मिति : २०७६ असार ६ गते शुक्रवार