• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

५ औँ अन्तराष्ट्रिय योग दिवस सम्पन्न


असार ६, दाङ । ज्ञान ज्योति मा. वि तुलसीपुरमा योग अभ्यास गरि अन्तराष्ट्रिय योग दिवस मनाइएको छ ।

पतञ्जंली योग समिती दाङका सल्लाहकार तथा तुल्सीपुर उपमहानगरपालिका पतञ्जंली योग समितीका शिक्षा संयोजक ध्रुबराज गौतमद्धारा योग अभ्यास गराई कार्यक्रम संञ्चालन गरीएको थियो ।

“योग सँग गुरु” भन्ने मूल विषय रहेको ५ औँ अन्तराष्ट्रिय योग दिवसको अवसरमा बोल्दै विद्यार्थीहरुको मानसीक स्फुर्ति तथा शाररीक विकासका लागि योग अत्यावश्यक रहेको कुरा गौतमले बताए ।

अहिलेको भौतिक युगमा योग अभ्यासद्वारा नै विभिन्न रोगहरु निर्मूल गर्न सकिने भएकाले योग अभ्यासमा सबै लाग्नु पर्ने पनि बताएका थिए । सोहि कार्यक्रममा विद्यालयका तर्फबाट शिक्षक राकेश डाँगी, श्रीराम थारु लगाएताकाले योग शिक्षाका बारेमा बोल्नु भएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षक सुदन भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ असार ६ गते शुक्रवार