• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सिम्ता गाउँपालिकामा सडकको दायाँबायाँ वृक्षरोपण


इन्द्र बुढाथोकी/असार ७, सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा शुक्रवार देखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । रोजगार कार्यक्रममा वडा न ६ को राकम पुल बजार देखि जामुने बजार सम्म ऋषि राजमार्गको दायाँबायाँ किनारामा वृक्षरोपण गर्ने अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिएका छन् । ऋषि राजमार्गको राकम देखि जामुने बजार सम्म दायाँबायाँ किनारमा वृक्षरोपण गर्नका लागि १ मिटर चौडाइ र १ मिटर गहिराइ  खाल्डा खनेर कार्यक्रमको शुरु गरिएको छ ।

अध्यक्ष केसीले सडक वरपरका खाल्डाखुल्डी पुरेर र सडक दायाँवायाँ खाल्डा खनेर रोजगार कार्यक्रम शुरु भएको घोषणा गरेका हुन । खाल्डाखुल्डी खनेर वृक्षरोपण गरेर गाउटोल शहर हरियाली बनार सुन्दर बाताबरण बनाउने गाउपालिकाको योजना रहेको अध्यक्ष केसिले बताएका छन । वृक्षरोपण फुलफुलने टाइपका विरुवाहरु रोपिनेछन्

त्यस्तै रोजगार कार्यक्रममा अन्य खानेपानी मर्मत, सिचाँइ कुलो, विध्यालयका फिल्ड निर्माण, गोरेटो बाटो मर्मत, विपत व्यवस्थापन र बाताबरण सरसफाइ लगाएतका रहेका छन् । रोजगारको लागी गाउँपालिकाले १ सय ५० जना छनोट गरेको छ । एउटा वडाबाट २५ जना कामदार छानिएको अध्यक्ष केसीले बताए ।

कार्यक्रमको लागी २७ लाखाको बजेट रहेको गाउँपालिकाले जनाएको छ । रोजगार पाएका कामदारहरुले १ महिना काम गर्नेछन् । कामदारले दैनिक ६ सय ज्याला पाउने छन् ।

 

प्रकाशित मिति : २०७६ असार ७ गते शनिवार