• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

मितेरी समाज युएईले तिज विशेष सांस्कृतिक धमाका राख्दै


रामु मगर/असार ७, युएई । मितेरी समाज युएईले तिज विशेष “सांस्कृतिक धमाका २०१९” गर्ने भएको छ । कार्यक्रम आउदो ३० अगस्ट २०१९ शुक्रबार युएईको सुन्दर शहर अलऐन स्थित लयाली बनाफ्साज होस्पिटालिटि (जावेल दवर) मा हुने आयोजकले जनाएको ।

कार्यक्रमको मुख्य आयोजना मितेरी समाजको र हाल अलऐनमा क्रियाशिल विभिन्न सामाजिक संघसंस्थाहरुसंगको विशेष सहकार्य रहेको छ । कार्यक्रम दिउँसो एक बजे बाट सुरु हुने आयोजकले जनाएको छ ।

धमाकाको विशेष आकर्षणमा नेपालका राष्ट्रिय लोकदोहोरी गायक राजु ढकाल संगै लोकप्रिय गायिका सम्झना लामिछाने मगरको प्रस्तुती रहनेछ । सााथमा फ्युुजन डान्स ग्रुप दुबईको विशेष प्रस्तुुुुती र अन्य स्थानीय कलाकारहरुको पनि दमादार एबम् उल्लेख्य प्रस्तुती रहने बताइएको छ ।

यसलाई मितेरी समाजले ऐतिहासिक प्रयासको रुपमा लिएको छ । मितेरी समाज युएईले स्थापनाकाल देखि नै सामाजिक सहयोगार्थ अभियानहरु चलाएपनि बृहत् कार्यक्रमको आयोजना भने पहिलो चोटि गर्न लागिएको केन्द्रीय अध्यक्ष प्रदिप पुनले बताए । मितेरी समाजले केहि समयअघि सल्यानका एक क्यान्सर पीडितलाई पनि आर्थिक सहयोग गरेको थियो ।

उनले कार्यक्रमको तयारी तिब्र गतिमा भइरहेको जनाउदै आयोजक टिम सबै क्रियाशिल संघसंस्थाहरुसंग सहकार्य गरिरहेको उल्लेख गरे । मितेरी समाजका जन्मदाता हाल कतारमा कार्यरत संस्थाका संरक्षक प्रेम रिजालले आयोजक टिमलाई शुभकामना दिदै कार्यक्रम सभ्य र भव्यरुपले सफल हुने विश्वास व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २०७६ असार ७ गते शनिवार