• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

प्रधानमन्त्री रोजगार कार्यक्रमले सल्यानको छत्रेश्वरीमा सडकका नाला देखि तटबन्ध निर्माण


असार ७, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।  ‘सबैका लागि रोजगार संबैधानिक अधिकार’ भन्ने मुल नाराका साथ गाउँपालिकाका सात वटै वडामा रोजगार कार्यक्रम सुरु भएको हो ।

कार्यक्रमबाट प्रतिवडाबाट २१ जना गरि १ सय ४९ जनाले रोजगारी पाएका छन् । यसअघि गाउँपालिकामा ३ हजार ३१ जनाले बेरोजगार फारम भरेका थिए ।

कार्यक्रमका सम्पन्न गर्नका लागि एक महिनाका लागि ३३ लाख बजेट संघिय सरकारले गाउँपालिकालाई पठाएको प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताए । उक्त बजेटको ७० प्रतिशत रकम कामदारको ज्याला र ३० प्रतिसत रकम औजारहरु खरिद र आयोजना व्यवस्थापनमा खर्च गरिने उनले जानकारी दिए ।

रोजगार पाएकाहरुलाई सम्पुर्ण वडामा रहेका सडकका नाला खन्ने, ग्राभेल, तारजाली भर्ने, तटबन्ध निर्माण गर्ने लगाएतका काममा खटाएको प्रमुख प्रशासकिय अधिकृत खड्काले बताए । काम गरे बाफत उनिहरुलाई गाउँपालिकाले स्थानिय दररेट अनुसार दैनिक ५ सय ७५ (लेबर) र ८ सय ४० (मिस्त्री)लाई प्रदान गर्ने उनको भनाई छ ।

कुनै पनि काम सानोठूलो नहुने भन्दै गाउँपालिकाले सुरुगरेको रोजगार कार्यक्रममा जोडिएर गाउँपालिकाको विकासमा लाग्न अध्यक्ष सन्तोष केसिले आग्रह गरेका छन् । “श्रमलाई सम्मान गर्ने सोचका साथ तपाईहरु काममा जानुस र उत्कृष्ट काम गर्नुस”, उनले भने ।

 

प्रकाशित मिति : २०७६ असार ७ गते शनिवार