• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

प्रबिशा र शिखरको देब्रे पट्टि छातीमा सार्वजनिक (भिडियो सहित)


राजन केसी/असार ७, दाङ । पछिल्लो समय एकपछि अर्को गीत गाएर चर्चा कमाउन सफल गायिका हुन प्रबिशा अधिकारी । उनै गायिका प्रबिशा र गायक शिखर थामीको “देब्रे पट्टि छातिमा तिम्लाई सजाउछु” बोलको मौलिक गीत सार्वजनिक भएको छ । थामि ड्रेसमा, डाम्मठि, फेङ्गा भेषमा रहेको टिपिकल मौलिक लोकगीत Galaxy Music Nepal Youtube च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

जुन गीत प्रबिशाको लागि अहिले सम्मैकै फरक गीत हो । “फरक गीत भएतापनि गीत राम्रो बनाउने प्रयास गरेका छौ, दर्शक अनि श्रोताले हाम्रो यस गितलाई मन पराईदिनुहुन्छ,भन्ने कुरामा हामी ढुक्क छौ”, उनले भनिन् ।

One Piece Recording स्टुडियोमा रेकर्ड गरिएको गीतमा शिखर थामीको शब्द तथा संगीत, पुरुस्वतम न्यौपानेको एरेन्ज, एकराज श्याम राईको सम्पादन प्रबिशा अधिकारि र शिखर थामीको स्वर तथा अभिनय रहेको छ ।

यस्तो छ भिडियो

प्रकाशित मिति : २०७६ असार ७ गते शनिवार