• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

दाङका ८० जना शिक्षकलाई मन्टेस्वरी तालिम दिइयो


पूर्ण केसी/असार ७, दाङ । नेसनल प्याब्सन दाङको आयोजना र स्कुल अफ ट्रेनिङ प्रालिको सहयोगमा तुलसीपुरमा भएको मन्टेस्वरी ट्रेनिङको आज समापान गरिएको छ । हिजो र आज दुई दिनसम्म चलेको तालिममा नेसनल प्याब्सनमा आवद्ध ४० स्कुलका करिब ८० शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेसनल प्याब्सन प्रदेश नम्बर ५ का संयोजक सुबोध कुमार डाँगीले ट्रेनिङले शिक्षण प्रक्रियामा सहयोगि भुमिका खेल्ने बताए ।

कार्यक्रमका बिशिस्ट अतिथि तुलसीपुर उपमहानगरपालिका शिक्षा संयोजक देवराज बिस्वकर्माले निजि विद्यालयले शिक्षामा राम्रो गरीरहेको र तुलसीपुर उपमहानगरपालिकाले निजि विद्यालय सँग आफू सहकार्य गरेर जान तयार भएको बताए । त्यस्तै नेसनल प्याब्सन केन्द्रिय सदस्य प्रकाश शर्माले तालिमबाट सिकेको कुरा कक्षा कोठा सम्म पुग्ने कुरामा सबै बिस्वस्त हुन सके तालिमको प्रभावकारिता बढने बताए ।

नेसनल प्याब्सन दाङका अध्यक्ष भिम बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव ठाकुर डाँगीले गरेका थिए । प्रशिक्षकको रुपमा स्कुल अफ ट्रेनिङ घोराहीका निर्देशक प्रतीक्षा गौतम रहेका थिए भने उक्त कार्यक्रममा सहभागीहरुको तर्फबाट  पेदा योगि, गिता बिक, रितु जिसी र बिन्दु न्यौपानेले आफुले तालिममा सिकेका कुरा कक्षा कोठा सम्म प्रभाबकारी ढंगले लैजाने बिश्वास दिलाए ।

कार्यक्रममा उपाध्यक्ष बिमल गौतम, भोजराज न्यौपाने, कोषाध्यक्ष हरी प्रसाद भण्डारी, सदस्य रोमहर्ष शर्मा, भागवत भट्टराई लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन नेसनल प्याब्सन दाङका उपाध्यक्ष भोजराज न्यौपानेले गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो।

प्रकाशित मिति : २०७६ असार ७ गते शनिवार