• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

मेयर गोविन्द पुन भन्छन् “हामीलाई अख्तियारमा मुद्दा हालेर अफ्ठ्यारो पारे”


असार ८, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिमा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । कुमाख मिडिया ग्रुप तथा रेडियो तहल्काको आयोजना र नगरको आर्थिक सहयोगमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीले नगरको समग्र शक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार, खानेपानी, विद्युतीकरणमा नगरवासिले चासोका साथ प्रश्न सोधेका थिए ।

नगरबासीको प्रश्नको जवाफ दिदै नगर प्रमुख गोविन्द कुमार पुनले २ वर्षमा सडक सञ्जालले नजोडिएका वस्तीमा सडक जोड्ने प्रतिवद्धता अनुरुप सडकलाई प्राथामिकता दिएको र अव बाँकी काम अन्य क्षेत्र र सडक स्तरवृद्धिमा हुने जनाएका छन । खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्यलाई आगामी बजेटमा बढि जोड दिने वताउदै उनले केहि सडक क्षेत्रमा अनियमिता कुरा र अख्तियारसम्म विना कारण मुद्धा हाल्ने प्रति भने आपती जनाएका छन् ।

नगरको तिव्रगतीको विकासलाई अवरोध गर्न र काम गर्न दिन अतालिएर केहि समुहले जहाँ राम्रो र गुणस्तरिय काम भएको त्यहि मुद्धा हालेर नगरलाई अफ्ठेरो पारेको गुनासो गरे । उनले भने – “नगरमा कहि कसैले अनियमित काम गरेको छ भने प्रमाण सहित पुष्ट्यिाई गररे आउनुहोस १ मिनेट भित्रमा कारवाहि हुन्छ । यदि मैले पनि त्यस्तो घृणित कार्य गरेका भए यो पद छोड्न तयार छु तर काम गर्न नदिने गिरोहलाई जनताले पहिचान गररे वहिस्कार समेत गर्नेछन ।”

त्यस्तै सहभागीले सोधेका प्रशासन क्षेत्रको जवाफको बारेमा प्रमुख प्रशासकिय अधिकृत हरि वहादुर खत्रीले जवाफ दिएका थिए भने न्याय क्षेत्र र उप प्रमुखसँग आएका प्रश्नका जवाफ उपप्रमुख मञ्जु यरीले प्रष्ट पारेकी थिइन ।

कार्यक्रममा नेकपाका जिल्ला सदस्य कृति बहादुर राना, नेपाली काग्रेशका नेता दुर्गा खड्का, राप्रपाका नेता बालाराम शर्मा, लगायतले नगरलाई आफ्नोतर्फबाट सल्लाहसुझाव राखेका थिए । कार्यक्रम वडा नं १ र ६ विचमा रहेको सल्लीबजार नजिकैको आपखोलीमा भएको थियो ।

 

प्रकाशित मिति : २०७६ असार ८ गते आइतवार