• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

दाङ तुलसीपुरमा हाईस र स्कार्पीयो एक आपसमा ठाेकिदा ५ जना घाइते


पूर्ण के.सी. असार ८, दाङ । दाङको तुलसीपुर घोराही सडक खन्डमा केही समय अगाडि स्कार्पीयो र हाईस गाडी एक आपसमा ठाेकीएका छ्न । दुर्घटना बाट ५ जना घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बा १४ च ८८५१ नम्बरको स्कार्पियोले र  बा ३ ख १४०३ नम्बरको हायसलाई ठक्कर दिदा उक्त दुर्घटना भएको  ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी प्रेमबहादुर शाहीले बताए । स्कार्पीयो गलत दिसा बाट आउदा हाईस संग ठाेकीएको प्रत्यक्षदर्शीले बताए ।

सबै घाइते स्कार्पियो सवार थिए । उनीहरु सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरिएको थियो ।

प्रकाशित मिति : २०७६ असार ८ गते आइतवार