• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक नरबहादुर कार्की काठमाडौँबाट पक्राउ


असार ९, काठमाडौं । चर्चित अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक नरबहादुर कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । विप्लव नेकपाका युवा नेता समेत रहेका कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार साँझ काठमाडौंको बालुवाटारबाट गिरफ्तार गरिएको बताइएको छ । उनलाई केकति कारणले गिरफ्तार गरिएको हो भन्नेबारेमा प्रहरीले अहिलेसम्म केहि जानकारी दिएको छैन ।

जिवन प्रशिक्षकका रुपमा संसार भर आफ्नो परिचय बनाउन सफल उनि बर्तमान सरकारले जनतामाथि गरेको अन्याय टुलुटुलु हेर्न नसकेर आफु पनि नेकपामा प्रवेश गरेको बताएका थिए । गत मङ्सिरमा पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपाले मङ्सिर ८ गते काठमाडौँमा आयोजना गरेको विशाल जनसभामा उनले विप्लव नेकपामा प्रवेश गरेका हुन् ।

त्यसयता उनी निरन्तररुपमा भ्रष्टाचार, घुसखोरीर ओली सरकारको दमन, धरपकडबिरुद्ध बोल्दै आएका छन् । नेकपामा आवद्ध भएपछि उनले र रेखा थापाले एनसेलको करछली बिरुद्ध ‘नो ट्याक्स नो एनसेल’ अभियान चलाएका थिए ।

कार्की रेखा थापाले अभिनय गरेको फिल्म मालिकाका निर्माता समेत हुन् । यसपालिको तिहारमा रिलिज भएर राम्रो प्रत्रिकृया बटुल्न सफल नेपाली फिल्म ‘मालिका’का निर्माता तथा कथा लेखक समेत रहेका कार्कि ‘मालिका’कै निर्देशक तथा अभिनेत्री रेखा थापाको कोच पनि हुन् ।

आफ्नो बेग्लै ज्ञान, क्षमाता र प्रतिभाले बिश्वमा चर्चा बटुली सकेका बौद्धिक युवा कार्कीले हालसम्म ३ लाख बढी मान्छेहरुलाइ पिडा, उत्पिडनबाट मुक्त हुन प्रशिक्षण दिइसकेका छन । जाजरकोटमा जन्मेका उनि बिश्वमा रहेका टप पचास प्रशिक्षकहरु मध्य पर्दछन ।

प्रकाशित मिति : २०७६ असार ९ गते सोमवार