• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानको छत्रेश्वरी गाउँपालिकाले कृषकहरुलाई हाते ट्याक्टर दियो


असार ९, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाले कृषकहरुका लागि मिनि टिलर (हाते ट्याक्टर) वितरण गरेको छ। कृषकहरुलाई खेतिपाती गर्न सहज र कृषिलाई आधुनिकिकरण गर्ने प्रयास स्वरुप ५० प्रतिशत अनुदानमा उनिहरुलाई मंगलबार ट्याक्टर वितरण गरेको हो।

७ वडा रहेको गाउँपालिकामा १० थान ट्याक्टर वितरण गरिएको हो। ट्याक्टर गाउँपालिका भित्रका कृषक समूह, कृषि सहकारी संस्था,ब्यक्तीगत कृषि फर्म र ब्यबसायिक कृषकहरुलाई उपलब्ध बनाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताएका छन । समूह तथा कृषक छनौट गर्ने जिम्मा गाउँपालिका कार्यालयले ७ वटै वडा कार्यालयलाई दिएपछी वडा कार्यालयको सिफारिसको आधारमा कृषकहरुलाई खेतीपातीमा सहजहोस भन्ने उदेश्यका साथ ट्याक्टर बितरण गरियको उनले बताए ।

गाउँपालिका कार्यालय र कृषक तथा समुहको चार चार लाख लगानिमा १० थान ट्याक्टर खरिद गरिएको हो।खरिद गरिएका ट्याक्टर कृषक हरुलाई चलाउन सिकाएर बितरण गरियको गाउँ कृषि शाखा प्रमुख अमर बवालले बताएका छन।ट्याक्टरको मर्मत सम्भार १ बर्षसम्म ट्याक्टर खरिद गरिएको कम्पनीले गर्ने बवालले बताए । ट्याक्टर बितरण गर्दै गाउँपालिका उपाध्यक्ष सीता केसिले कृषक हरुलाई दिइएको ट्याक्टर प्रयोगले कृषक हरुको समयको सदुपयोग र आर्थिक भार कम हुने बताएकी छन ।

हामिले कृषिलाई आधुनिकिकरण गर्नुपर्छ भन्ने उदेश्यका साथ यो कार्यक्रम ल्यायौ र कृषक हरुको उत्पादन लागत घट्ने अपेक्षा गरिएको उनले बताइन् । ५० प्रतिशत अनुदानमा ट्याक्टर पाउँदा कृषकहरु खुशी भयका छन।हामिले गर्न खोजेको छिटो छरितो तथा आधुनिकिकरण कृषि खेतिलाई गाउँपालिकाले सहज बनाएको प्रती आफुहरु निकै खुशी भएको उनिहरुले बताएका छन ।

प्रकाशित मिति : २०७६ असार ९ गते सोमवार