• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

असार २८ गते दोस्रो सल्यान गजल महफिल हुने


असार ९, सल्यान । सल्यान कला साहित्य परिषदले दोस्रो गजल महफिल संचालन गर्ने भएको छ । केही समय अघि गर्ने भनिएको उक्त महफिल आगमी असार २८ गते हुने भएको हो ।

परिषद्का पदाधिकारीको बसेको बैठकले जिल्लाको पश्चिम क्षेत्रमा रहेको सल्लीबजारमा कार्यक्रम गर्ने निर्णय गरेको हो । गत बर्ष श्रीनगरमा पहिलो महफिल सम्पन्न गरेको परिषदले दोस्रो महफिल गर्न लागेको हो ।

महफिलमा गजलकारहरु रमेस कुसुम, कृष्ण बिरही, बसन्त ओली र झलक ओलीको प्रस्तुती रहने सल्यान कला साहित्य परिषदका अध्यक्ष भरत रोकाय (एक्सन आर.सी.)ले बताए । उनका अनुसार महफिलमा गायक हरि विसी र डान्सर नविन नेपालको पनि प्रस्तुती रहने छ ।

जिल्लाको साहित्य क्षेत्रको लागी सल्यान कला साहित्य परिषदले विभिन्न समयमा साहित्यक कार्यक्रम गर्दै आएको छ । केहि समय अघि सो परिषदले कुपिण्डे तालमा पनि जलमा गजल कार्यक्रम गरेको थियो । दोस्रो महफिल सल्लीबजारको लङ्गग्रिन बोडिङ्ग स्कुलमा बिहान ११ बजेदेखि हुने भएकाले उपस्थितीको लागी कार्यक्रम संयोजक लोकेश जलनले सबैलाई आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : २०७६ असार ९ गते सोमवार