• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

कावासोतीका उपमेयरको गाडीमा आगजनी


असार १०, नवलपुर । नवलपुरको कावासोती नगरपालिकाका उपमेयर चढ्ने सरकारी गाडिमा आगजनी भएको छ । नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडिमा गएराती आगजनी भएको हो । राती साढे १ बजे मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा राखिरहेको गाडिमा आगजनी भएको प्रहरीले जनाएको छ ।

आगजनिबाट गाडिको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवंम डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । उनका अनुसार पेट्रोल छर्केर आगजनी गरिएपनी तत्कालै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुन पाएन।

उपप्रमुख मर्दनियाका अनुसार मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका हुन् । बन्दको पुर्बसन्ध्यामा भएकाले आगलागी विप्लव नेकपाले गराएको हुन सक्ने प्रहरी अनुमान छ । कावासोती नगरपालिकाको नगर परिषद आज हुने भएकाले त्यसकै तयारिमा राती अबेरसम्म काम गरेपछि आफैले गाडी लिएर उपप्रमुख मर्दनिया निवास गएका थिए ।

 

प्रकाशित मिति : २०७६ असार १० गते मङ्गलवार