• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा २५ हजार घुस लिँदालिँदै शिक्षाका हाकिम रंगेहात पक्राउ


असार १०, सल्यान । शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख धन बहादुर ओली घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । उनि २५ हजार नगद रुपैँया घुस लिएको रकम सहित पक्राउ परेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई कार्यालयमै घुस रकम लिएकोे अवस्थामा आज मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको हो । शिक्षक सरुवाको सहजिकरण गरेबापत एक सेवाग्राहिसँग घुस लिदै गरेको अवस्थामा उनि पक्राउ परेका हुन ।

ओली गएको वैशाख ११ गते देखि सल्यानमा इकाई प्रमुखको रुपमा कार्यरत थिए । ओलीको मुद्धाको आवश्यक प्रतिवेदन तयार गरिसकेपछि विेशष अदालतमा मुद्धा दायर गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका सुचना अधिकारी मेघनाथ सापकोटाले बताए । उनले भने, “आवश्यक प्रकृया पुरा गरेपछि मुद्धा प्रकृया अघि बढाइने छ । पक्राउ परेका वलीलाई काठमाडौँ पठाइने छ ।”

यसैबिच सल्यानबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको कार्यालयमा ३२ वटा शिक्षाका अजुरी परेका छन् । शिक्षा क्षेत्रमा भवन निर्माणमा अनियमितता भएको, विद्यालय व्यवस्थापन समिति अवैध तरिकाले गठन गरेको, शिक्षक नियुक्ति र परीक्षामा मनपरी गरेको भन्दै उजुरी परेको उनले बताए ।

 

प्रकाशित मिति : २०७६ असार १० गते मङ्गलवार