• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

मलेसियामा मृत्यु भएका सल्यान डाँगीगाउँका सालिकरामको शव नेपाल ल्याइयो


असार १०, सल्यान । गत जेठ ३१ गते मलेसियामा मृत्यु भएका सल्यान बागचौर नगरपालिका ९ कोटमौला डाँगीगाउँका सालिकराम डाँगीको शव नेपाल आएको छ । विभिन्न प्रकृया मिलाएर ११ दिनपछि उनको शव आज मंगबार नेपाल झिकाइएको हो ।

मलेसियास्थित नेग्रीसेम्बिलन जिल्लाको आएरकोनी भन्ने ठाँउमा उनको बाइक दुर्घटनामा परि मृत्यु भएको थियो । मंगलबार त्रिभुवन विमानस्थलमा आएको शवलाई नेपाल प्रबद्धन बोर्डको सहयोगमा घरसम्म ल्याउने वातावरण मिलाइएको काठमाडौंमा रहेका कोटमौलाका विद्यार्थी नेता रविन ओलीले बताए । उनका अनुसार शव भोली बुधबार सल्यान आइपुग्ने छ ।

नेपाल भारत मैत्री युवा संघाका महासचिव टोपेन्द्र ओलीको विषेश पहलमा शवलाई ११ दिनमा घर फर्काइएको हो । “मृत्यु भएपनि प्रायका शव कागजी प्रक्रिया नमिल्दा घर फर्काउन लामो समय लाग्ने गर्छ ।”, टोपेन्द्र ओलीले भने, “नेपालमा शव झिकाउन हामीले सल्यानका सांसदहरुको सहयोग लिन खोजिउ तर कसैले सहयोग नै गरेन् ।”

उक्त क्षेत्रमा पर्ने सल्यान प्रदेशसभा ‘क’ का सांसद गुलावजंग शाहलाई धेरैपटक फोन गर्दा पनि फोन नउठाएको र म्यासेजमा नबोलेको उनले गुनासो गरे । राजदुताबास र पर्यटन बोर्डलाई आग्रह गर्न सांसदहरुको पहल चाहिने भएकोमा कुनै पहल नगर्दिएको उनले दुखेसो गरे । नेपालमै रोजगार दिन नसकेपनि बिदेशमा गएकाहरुलाई सुरक्षित वातावरण मिलाइदिन महासचिव ओलीले आग्रह गरेका छन् ।

विगत ३ बर्षदेखि कुखुरा फर्ममा काम गर्दै आएका सालिकराम घर फर्कन १८ दिन बाँकी हुँदा दुर्घटनामा परि ज्यान गुमाएका हुन् । मृतकका आमाबुबा, श्रीमती, एक छोरा, एक भाई र एक बहिनी रहेका छन् ।

यो पनि: घर फर्कने १८ दिन बाँकी हुँदा सल्यान कोटमौलाका एक युवकको मलेसियामा मृत्यु

 

प्रकाशित मिति : २०७६ असार १० गते मङ्गलवार