• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सुत्केरी बेथाले बेहोस् भएकी सल्यानकी एक युवतीको हेलिकप्टरमार्फत उद्दार गरियो


असार १०, सल्यान । सल्यानकी एक सुत्केरी युवतीलाई थप उपचारको लागी हेलिकप्टरमार्फत उद्दार गरिएको छ । ब्यथा लागेको २४ घण्टा घरमा बेहोस् भई जिल्ला अस्पताल सल्यानमा ल्याएकी बनगाड कुपिण्डे नगरपालिकाका वडा नम्बर ८ की १७ वर्षीया मोती परियारको उपचारका लागी हेलिकप्टरबाट उद्दार गरिएको हो ।

उनको थप उपचारको लागी काठमाडौं रिफर गरिएपनि काठमाडौंसम्म उडान हुन नसकेका कारण सुर्खेत पुर्याइएको प्रमुख जिल्ला अधिकार चुडाराज न्यौपानेले लेकाली अनलाइनलाई बताए । उनकै पहलमा हेलिकप्टर मन्त्रलालयबाट सल्यान आएको हो ।

सुर्खेतबाट तत्काल सके काठमाण्डौं यदि नसके अहिलेलाई नेपालगंजसम्म लगिने उनले बताए । स्वास्थ्य अवस्था जटिल बन्दै गएकोले सुत्केरीको आइ सि यू मा राखेर उपचार गर्नुपर्ने भएको जिल्ला अस्पताल सल्यानले जनाएको छ । गर्वपती भएको केहि समयमै उनको बच्चाको मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : २०७६ असार १० गते मङ्गलवार