• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

दाङमा चट्याङ लागेर रुखमा चढेका ३ बालकको मृत्यु


पूर्ण केसी/ असार १०, दाङ । दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ भने १ बालक गम्भीर घाइते भएका छन।

जिल्लाको राप्ती गाउँपालिका ४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनाको रुखमा चढेका बेला चट्याङले तीन जनाको ज्यान लिएको हो।  मंगलबार साँझ परेको चट्याङले राप्ती गाउँपालिका ३ मौरीघाटका ११ वर्षीय रमित चौधरी र विनास चौधरी, १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिएका छन।

त्यसैगरी चट्याङ लागेर मृतक बिनाशका भाइ अबिनाश चौधरी गम्भीर घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार चारैजना बालक जामुनाको रूखमा चढेका थिए ।

प्रकाशित मिति : २०७६ असार १० गते मङ्गलवार