• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

कुपिण्डे तालमा पौडी खेल्दा बुढा डुबेर बेपत्ता


असार ११, सल्यान । सल्यानको कपिण्डे तालमा डुबेर वेपत्ता भएका एकजना तिन दिनसम्म पनि भेटिएका छैनन् । गएको सोेमबार बेलुकी तालमा पौडी खेल्न गएका बनगाड कुपिण्डे नगरपालिका ८ का ३६ वर्षिय गोकुल बुढा पौडि खेल्ने क्रममा तालमा डुबेका थिए । उनिसँगै पौडि खेलेका अन्य तिन जना साथिहरु सकुशल रहेको भएपनि उनि भने तालमा डुवेको स्थानियले बताएका छन् ।

उनि तालमा डुवेपछि अहिले सम्म उनको शव भेटिएको छैन । सोमबार वेलुकी डुवेका बुढाको शव मंगलबार दिनभर स्थानिय र प्रहरीले खोज्दा पनि नभेटिएको जिल्ला प्रहरी प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाहीले बताए । आज बुधबार पनि खोजिने तर नभेटिएमा शव खोज्नको लागी गोताखोर उपलव्ध गराइदिन माग गरिने उनले बताए ।

झण्डै ३३ मिटर गहिरो कुपिण्डेतालमा पछिल्लो पटक झण्डै २ दर्जन डुंगा संचालन भएको भएता पनि भौगालिक रुपमा ताल अफ्ठ्यारो भएकोले पौडिको लागी जोखिमपुर्ण मानिन्छ । सल्यानको प्रमुख पर्यटकीय स्थल कुपिण्डे ताल संरक्षणको नाममा अहिलेसम्म ३ करोडभन्दा बढी रकम सकिएको छ । तर काम भने प्रभावकारी नहुँदा त्यो रकम ‘बालुवामा पानी’ जस्तै भएको छ ।

पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, साविक जिविस, गाविस र सांसद विकास कोषले गत वर्षसम्म ताल संरक्षणका लागि बर्षेनी रकम विनियोजन गर्दै आइरहेका थिए । गत वर्षदेखि भने बनगाड कुपिण्डे नगरपालिकाले संरक्षणमा रकम छुटयाइरहेको छ । अहिले नगरपालिकाले पनि कामै गर्न सकेको छैन् । १३ वर्षको अवधिमा यहि तालको लागी ३ करोडौंभन्दा बढी लगानी भएको तथ्याङ्कले देखाएको छ ।

यो ताल आफैमा एक महत्वपुर्ण बिषेशता बोकेको ताल हो । यस तालले वर्षमा तीन पटकसम्म पानीको रङ्ग बदल्छ । हरियाली रुख विरुवा, सुन्दरबस्ती, सल्यानी संस्कृतिको जनजीवनले सम्मोहित कुपिण्डे तालले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ ।

३० हेक्टर क्षेत्रफलमा फैलिएको कुपिन्डे तालकोे लम्बाइ १ हजार २ सय मिटर र चौडाइ २५० मिटर तथा गहिराइ ३३ मिटर छ ।  कुपिण्डे ताल समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाइमा रहेको छ । यहाँ देशका विभिन्न जिल्लाहरुबाट पर्यटकहरु आउने गर्दछन् ।

 

प्रकाशित मिति : २०७६ असार ११ गते बुधवार