• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा १५ बर्षका बालकलाई प्रहरीले कब्जामा लियो


असार ११, सल्यान । सल्यानको कुमाख गाउपालिका ६ बडागाउँका १५ बर्षिय पुस्कर सुनारलाई प्रहरीले आफ्नो कब्जामा लिएको छ । जनकल्याण आधारभूत विद्यालय कोट बडागाउँमा कक्षा ९ मा अध्ययनरत छोरा पुस्करलाई आज बिहानै प्रहरीले घरबाट पक्राउ गरेको उनका बुबा बीर बहादुर सुनारले जानकारी दिएका छन् ।

‘९ कक्षामा अध्ययन गर्ने आफ्नो छोरालाई घरमा आज बिहानै प्रहरी आएर लिएको छ ।’, उनले भने, ‘अध्ययन गर्ने छोरोलाई बिहानै एक्कासी प्रहरीले गुण्डागर्दी शैलीमा गिरफ्तार गर्ये, तर त्यस्तो कार्य नगर्न म प्रहरीलाई अनुरोध गर्दछु ।’

उनलाई पक्राउ गर्नुको कारण बारे सोध्दा इलाका प्रहरी कार्यालय रागेचौरका इनिस्पेक्टर घनश्याम श्रेष्ठले सोधपुछका लागि ल्याइएको र जिल्ला पठाइएको जानकारी दिए । अस्ती राती बडागाउँमा भएको बम विफोटको घटनाबारे सुधपुछका लागी पक्राउ गरिएको उनले लेकाली अनलाइनलाई बताए ।

तर, यता जिल्ला प्रहरी कार्यालयमा भने उनलाई पक्राउ गरेको बारे कुनै जानकारी नभएको सुचना अधिकारी इनिस्पेक्टर पंचलाल गोलेले बताएका छन् । लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने, “त्यस्तो बालकलाई हामीले पक्राउ गरेका छैनौँ । जिल्ला हिरासतमा पनि छैन्, इप्रका थारमारेमा पनि छैन्, रागेचौरमा त पक्राउ गरेकालाई राख्ने हिरासत नै छैन् ।”

पक्राउ गरिएका बालकलाई कहाँ राखियो भन्ने खुलेको छैन् । कक्षा ९ पढ्ने उनि विप्लव निकट विद्यार्थी संगठनका आस्थावान विद्यार्थी हुन् ।

प्रकाशित मिति : २०७६ असार ११ गते बुधवार